|

फक्ताङ्लुङ गाउँपालिकाले दियो जनयुद्ध दिवसको विदा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २९ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जनयुद्ध दिवस मनाउन मंगलबार सार्वजनिक बिदा दिएको छ । फक्ताङ्लुङ गाउँपालिकाले सोमबार सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको विदा दिएको जनाएको हो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जारी गर्नुभएको सूचनामा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, संघ संस्थाका कार्यालयहरुलाई बिदा दिइएको उल्लेख गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु भएको १० वर्षे महान् जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
यता जिल्लाको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाले भने सोमबार नै सूचना जारी गर्दै फागुन १ गते सार्वजनिक विदा नभएको उल्लेख गरेका छन् । फागुन १ गते जनयुद्ध दिवसका दिन विगत वर्षमा विदा हुने गरेको र वार्षिक क्यालेन्डरमासमेत सार्वजनिक विदा उल्लेख भए पनि उक्त दिन विदा नहुने जनाएका छन् ।
जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णयलाई गत पुस १३ गते सर्बोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्बोच्च अदालतको आदेशसँगै गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै यसवर्ष फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा नहुने उल्लेख गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts