नेपाल रेडक्रस सोसाईटी हाङ्पाङ उपशाखामा प्रसाँई

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ २८ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ अन्तरगत हाङपाङ उपशाखामा जर्नादन प्रसाँई सभापति रहेको ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।

समितिको उपसभातिमा डिल्लीकुमारी यक्सो,सचिवमा राजकुमार पोखरेल,उपसचिवमा प्रेमलाल चौहान,कोषाध्यक्षमा टेकबहादुर बस्नेत र उपकोषाध्यक्षमा चन्द्रकला फम्बो चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा हिमकला गुरुङ,देवेन्द्र निरौला,लाखेन्द्र थापा मगर,गंगाप्रसाद चुँडाल र दिलकुमार यक्सो चयन भएको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ अन्तरगत २३ वटा उपशाखा रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts