|

नाल्बुका अग्निपीडित तुम्बाहाम्फेको परिवारलाई राहत वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २६ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–६ नाल्बुका अग्निपीडित कर्णप्रसाद तुम्बाहाम्फेको परिवारलाई राहत सामग्री वितरण गरिएको छ । अग्निपीडित तुम्बाहाम्फेको परिवारलाई राहतस्वरुप नगद र जिन्सी सामग्री वितरण गरिएको हो ।
तत्कालीन संविधान सभाका सदस्य डम्बरध्वोज तुम्बाहाम्फेको उपस्थितिमा पीडित परिवारलाई बुधबार राहत रकम र सामग्री वितरण गरिएको हो । नाल्बुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फेका अनुसार अग्निपीडित परिवारलाई एक लाख ३० हजार ५०० रुपियाँ नगद र एक लाख ५० हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरिएको छ ।
अग्निपीडितलाई वितरण गरिएको राहत सामग्रीमा खाद्यान्न, लत्ताकपडालगायत रहेका छन् । वडा कार्यालय नाल्बु र वडाध्यक्ष तुम्बाहाम्फेको समन्वयमा संकलित नगद र राहत सामग्री पीडित परिवारलाई वितरण गरिएको हो । गत माघ ११ गते दिउँसो अचानक भएको आगलागीबाट तुम्बाहाम्फेको दुइतले घर जल्दा ४४ लाख ३० हजार रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts