पाँचथरको थर्पु स्थायी घरभई आम्बेगुदिन बस्ने ३३ बर्षिय खड्का निबुखोला नजिक मृत फेला

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २५ । बुधवारबाट हराईरहनु भएका पाँचथर याङ्वरक गाउँपालिका वडा नं २ थर्पु घर भई हाल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिन बस्ने ३३ बर्षिय हरि खड्का मृत अवस्थामा भेटिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कलमकुमार लुङ्गेलीका अनुसार खड्का स्थानीय महभीरबाट करिव ५ सय मिटर तल निबुखोला नजिक मृत भेटिनु भएको हो । प्रहरीका अनुसार ससुराली घर बस्दै आउनु भएका उहाँ बुधवार मध्यान्हतिर सिनाम मावलीघर जान्छु भनी हिंडेको तर फर्कि नआएपछि उहाँको खोजतलास सुरु भएको थियो । बिहीबार बिहान स्थानीयले निबुखोला छेउमा एक मृत शरिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

सोहि क्रममा सो शव बुधवारबाट हराईरहनु भएका खड्काको रहेको पुष्टी भएको समेत लुङ्गेलीले बताउनुभयो । सो घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिई गएको प्रहरी टोलीले घटनास्थल सुरक्षित गरी राखेको र थप अनुसन्धान तथा घटना सर्जमिन मुचुल्काको लागि प्रहरी निरीक्षकको कमाण्डमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली परिचालित भएको जिल्ला प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिनुभयो ।

Similar Posts