बाल मन्दिर आविका ८२ बिद्यार्थीलाई न्यानो कपडा बितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २३ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ४ स्थित बालमन्दिर आधारभूत बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा (ट्रयाक सुट) बितरण गरिएको छ ।

फुङलिङ नगरप्रमुख अमिर मादेनले सो बिद्यालयका ८२ जना बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्नु भएको छ । फुङलिङमा लामो समय सम्म व्यवसाय तथा समाजसेवा गरेर अहिले झापामा रहनु भएका रोशनलाल अग्रवालले दिनु भएको न्यानो कपडा बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अग्रवाल ताप्लेजुङ उद्योग बाणिज्य संघ,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति लगायतका संस्थाहरुमा रहेर गर्नु भएका उहाँ परोपकारी र सामाजिक काममा आफुलाई अब्बल सावित गर्ने व्यत्तित्वमा पर्नुहुन्छ ।

कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वा,बाल मन्दिर आधारभूत बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष शान्ति मादेन,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,व्यवसायी तथा समाजसेवी वीरबहादुर मोक्तान सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts