|

प्रेस चौतारी नेपाल ताप्लेजुङद्वारा तीनजना पत्रकार पुरस्कृत

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २१ । प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा ताप्लेजुङ शाखाले जिल्लामा क्रियाशील तीनजना पत्रकारलाई आइतबार नगद पुरस्कारसहित सम्मान गरेको हो ।
पुरस्कृत हुनेमा नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष केशबप्रसाद भट्टराई, पूर्वसचिव रविन भट्टराई र वर्तमान कार्यसमिति उपाध्यक्ष गंगा लिङ्खिम रहनुभएको छ । पूर्वअध्यक्ष भट्टराई नयाँपत्रिका दैनिकमा आवद्ध हुनुहुन्छ भने पूर्वसचिव भट्टराई अन्नपूर्णपोष्ट दैनिक र लिङ्खिम स्थानीय रेडियो तमोरमा कार्यरत रहनुभएको छ ।
तीनजना पत्रकारलाई समान १० हजार १०५ रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिएको प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त पालुङ्वाले जानकारी दिनुभयो । उहाँहरुलाई नेकपा (एमाले)का सचिव एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र र नगद पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार, जयमती कर्णबहादुर पत्रकारिता पुरस्कार र अग्निप्रसाद भीमादेबी पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पुरस्कृत पत्रकार तीनैजना प्रेस चौतारी नेपालसँग सम्वद्ध हुनुहुन्छ ।
सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा एमाले नेता भट्टराईसहित पोलिटव्यूरो सदस्य तथा कोशी प्रदेश सभाका सदस्य तिलकुमार मेन्याङ्बो, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङको उपस्थिति रहेको थियो । यस्तै एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडा सहितका जिल्ला नेतृत्व, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपालका प्रतिनिधि, विभिन्न सञ्चारमाध्यममा आवद्ध स्थानीय पत्रकार तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts