मालपोत कार्यालय ताप्लेजुङकी तत्कालिन अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

अरुलाई पनि शेयर गरौ !

काठमाडौँ,माघ १२ । मालपोत अधिकृत लेखा पनेरु महत घुस प्रकरणमा दोषी ठहर हुनु भएको छ ।

ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो ।

विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts