ताप्लेजुङ प्रशासन कार्यालयद्धारा अहिले सम्म १ सय ८५ वटा बैबाहिक अंगीकृत नागरिकता जारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ११ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अहिले सम्म १ सय ८५ जनालाई बैबाहिक अंगीकृत नागरिकता प्रदान गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार पुस महिनामा एकजनालाई बैबाहिक अंगीकृत नागरिकता प्रदान गरिएको छ । यो सहित अहिले सम्म जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट १ सय ८५ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका छन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई संघीय कानूनबमोजिम वैवाहिक अंगीकृत नेपाली नागरिकता प्रदान गरिन्छ । जन्मका सन्तानलाई बंशका आधारमा भने अहिले सम्म ५ वटा नागरिकता जारी भएको प्रशासन कार्यालयले जनाएको छ । जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको आधारमा यस्तो नागरिकता प्रदान गरिन्छ । नेपाल नागरिकता ऐन २०६३ लाई शंसोधन गर्न बनेको ऐन (२०८०) लागू भएपछि जन्मका सन्तानलाई बंशका आधारमा नागरिकता प्रदान गर्न सुरु गरिएको छ ।

निवेदकको जन्म नेपालभित्र भएको र निज निरन्तर नेपालमा स्थायी रूपमा बसोबास गर्दै आएको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरेको सिफारिस,आफ्नो वा परिवारको नामको जग्गाधनी दर्ता प्रमाणपूर्जा वा मोहीयानी हकको प्रमाणपत्र वा घरधुरी प्रमाण वा निर्वाचनआयोगले तयार गरेको मतदाता नामावलीमा निजको वा निजको बाबु वा आमाको नाम समावेश भएको प्रमाण सहितका कागजातका आधारमा प्रशासन कार्यालयले जन्मका सन्तानलाई बंशका आधारमा नागरिकता प्रदान गर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट ५ जनाले यो प्रकृतिको नागरिकता लिएका छन् । ३ जनाले गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । प्रशासन कार्यालयका अनुसार बंशजका नाताले भने अहिले सम्म १ लाख ८५ हजार २ सय ११ वटा नागरिकता जारी भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts