मिक्वाखोला र फक्ताङलुङलाई सानिमा मध्य तमोरले दियो एक–एक थान एम्बुलेन्स,मध्य मेवाले पनि दियो एकथान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ९ । ताप्लेजुङमा निर्माणाधिन ७३ मेगावाट क्षमताको मध्य तमोर जलबिद्युत आयोजनाले परियोजना प्रभावित मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकालाई‘ख’वर्गको एक–एक थान एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम(सिएसआर)अन्र्तगत आयोजना प्रभावित क्षेत्रका जनतालाई लाभ पुग्नेगरी एक–एक थान एम्बुलेन्स हस्तान्तरण गरेको आयोजनाका प्रवन्धक डाक्टर मणिराज पोखरेलले जानकारी दिनुभयो । पालिकालाई हस्तान्तरण गरेको मध्ये मिक्वाखोलालाई दिएको एम्बुलेन्स खोक्लिङ स्वास्थ्य चौकीमार्फत र फक्ताङलुङलाई दिएको एम्बुलेन्स सिँवा स्वास्थ्य चौकीमार्फत सञ्चालन हुने गरी प्रवन्ध गरिएको सम्वन्धित पालिकाले जनाएका छन् ।

मिक्वाखोला गाउँपालिकालाई मध्य मेवा जलबिद्युत परियोजनाले समेत सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत एकथान ख’वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । फक्ताङलुङ गाउँपालिकाले आफ्नै बजेटमार्फत थप एकथान ‘ख’वर्गको एम्बुलेन्स खरिद गरेको छ । यो संगै अब दुबै पालिकाका दुई–दुईथान एम्बुलेन्स भएका छन् । मिक्वाखोलाले वडा नं ४ साँवा र वडा नं ५ पापुङ क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी साँवा स्वास्थ्य चौकी र वडा नं १ र २ खोक्लिङ तथा वडा नं ३ लिवाङका सेवाग्राहीलाई लक्षित गरी खोक्लिङ स्वास्थ्य चौकीमा एम्बुलेन्स राख्ने भएको छ ।

उता, फक्ताङलुङ गाउँपालिकाले भने वडा नं १ सावादिन,वडा नं २ खेजेनिम र वडा नं ३ लिङखिमका सेवाग्राहीलाई लक्षित गरी सिँवा स्वास्थ्य चौकीमा एकथान तथा वडा नं ४ इखाबु,वडा नं ५ तापेथोक,वडा नं ६ लेलेप र वडा नं ७ ओलाङचुङगोलाका सेवाग्राहीलाई लक्षित गरी तापेथोक स्वास्थ्य चौकीमा एकथान एम्बुलेन्स राख्ने यसअघि नै घोषणा गरिसकेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले यसअघि नै मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकालाई नियमानुसार हुने रावश्व छुटमा दुई–दुई थान एम्बुलेन्स खरिद गर्न अनुमति दिन सकिने राय सहितको सिफारिस गरेको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts