एकल महिला सुरक्षा कोष कार्यान्वयनको माग गर्दै फुङलिङ सहितका स्थानीय तहमा दिइयो ज्ञापनपत्र

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ४ । एकल महिला सुरक्षा कोष कार्यान्वयनको माग गर्दै मानव अधिकारका लागि महिला,एकल महिला समूहले ताप्लेजुङको फुङलिङ सहित देशभरका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकोतर्फबाट एकल महिला सुरक्षा कोष मापदण्ड शंसोधन गरी देशभरका स्थानीय तहमार्फत लक्षित महिलालाई सहयोग गर्न बनाईएको मापदण्ड पूर्ण कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाएको मानव अधिकारका लागि महिला,एकल महिला समूह ताप्लेजुङका दिलु पतङ्वा श्रेष्ठले जानकारी दिनुभयो । मन्त्रायले २०८० साल साउन ३२ गते सबै स्थानीय तहलाई एकल महिला सुरक्षा कोष स्थानीयकरणका लागि परिपत्र गरेपनि सो अनुसार हुन नसकेको भन्दै एकल महिला समूहले एकल महिला सुरक्षा कोष कार्यान्वयनका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

एकल महिला समूहले संघीय सरकारबाट जारी भईसकेको परिपत्र अनुसारको कोष कार्यान्वयनमा प्रतिबद्ध हुन तथा पूर्ण कार्यान्वयनको प्रकृया आरम्भ गर्न आग्रह गर्दै स्थानीय सरकार समक्ष ज्ञापनपत्र पेश गरेको मानव अधिकारका लागि महिला,एकल महिला समूहले जनाएको छ ।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझालाई ज्ञापनपत्र बुझाउँदै मानव अधिकारका लागि महिला,एकल महिला समूह ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts