पाथीभरामा केवलकार निर्माणको बिपक्षमा रहेका संघर्षरत पक्षसंग बार्ता गर्न बन्यो समिति

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ ३ । केवलकार निर्माणको बिपक्षमा रहेका संघर्षरत पक्षसंग छलफल गरी सम्बादद्धारा समाधान खोज्न जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको संयोजकत्वमा ९ सदस्यीय समिति बनेको छ ।

बुधवार पाथीभरा क्षेत्र विकास समितिको समन्वयमा भएको सर्वपक्षिय छलफलमा क्रममा संघर्षरत पक्षसंग छलफल गरी समाधान खोज्न समिति बनाउने सहमति भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो । समितिमा फुङलिङ नगरप्रमुख अमिर मादेन,पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,सिरिजङगा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान,फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङ,पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे,प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल रहनु भएको छ भने पाथीभरा मुकुम्लुङ केवलकार प्रालिका सदस्य रुद्रप्रसाद पौडेललाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ ।

पाथीभरा क्षेत्रमा फुङलिङ नगरपालिका सहित पाथीभरा याङ्वरक,फक्ताङ्लुङ र सिरिजङ्गा गाउँपालिका प्रभावित पालिकाको रुपमा देखिएका छन् । समितिले मुकुम्लुङ संयुक्त संघर्ष समिति र केवलकार खारेजी संघर्ष समितिसंग समस्याको समाधानका लागि वार्ता गर्ने जिम्मेवारी पाएको छ । पाथीभरामा निर्माण हुने केवलकार निर्माणका लागि रुख कटान आदेश समेत भईसकेको अवस्थामा केवलकार निर्माण गर्न नहुने पक्षमा रहेका शक्ति पाथीभरा क्षेत्रमा भेला भएका छन् । उता केवलकार निर्माणको पक्षमा रहेको शक्ति समेत पाथीभरा क्षेत्रमै परिचालित हुने चर्चा भईरहेका बेला बार्ताद्धारा समस्या समाधानका लागि समिति गठन भएको छ ।

 

 

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts