चेतनामूलक अभ्यास शिक्षण सहित ताप्लेजुङमा मनाईयो राष्ट्रिय भूकम्प सुरक्षा दिवस

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २ । २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ताप्लेजुङमा ¥याली सहित चेतनामूलक अभ्यास शिक्षण सम्पन्न गरिएको छ ।

जिल्ला बिपद् व्यवस्थापन समितिले नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्मको प्रांगणमा चेतनामूलक अभ्यास शिक्षण सम्पन्न गरेको हो । अभ्यास शिक्षणका क्रममा भीमकाली गुल्मका बिपद् उद्धारका लागि तालिम प्राप्त टोलीले भूकम्प पछि अपनाउनुपर्ने रणनीति,उद्धार,उपचार तथा राहत व्यवस्थापन सहितको अभियन सहितको अभ्यास शिक्षण गरेको थियो । सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाको टोलीले बिपद्का कारण घाइते अवस्थाका मानिसहरुको मानवीय शक्तिद्धारा गरिने उद्धारका बारेमा अभिनयात्मक तवरले जानकारी गराएको थियो । यसअघि जिल्ला बिपद् व्यवस्थापन समितिसंग रहेका भूकम्पको समयमा प्रयोग गर्न सकिने उद्धारका सामाग्री बारे सरोकारवालालाई जानकारी गराईएको थियो ।

जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत चेतनामूलक सूचना प्रयोग गरेको थियो । राहत तथा उद्धारका लागि सक्रिय सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटीको टोलीले प्राथमिक उपचार र राहत तथा उद्धारको प्रकृयाको जिम्मेवारी आफुहरुले कसरी लिदैं आएको छ भन्ने बारेमा जानकारी गराएको थियो । जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले भूकम्प सुरक्षाका बारेमा अपनाउनुपर्ने रणनीति एवम् भूकम्प पूर्व तयारी र प्रतिकार्यका बारेमा जानकारी गराउन यस्तो अभ्यास शिक्षण सहितको कार्यक्रम आयोजना गरेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले नमूना अभ्यास सहितको शिक्षण सिकाईले सरोकारवाला समेतलाई बिपद् पूर्व तयारी र प्रतिकार्यका बारेमा सुक्ष्म ढंगले जानकारी प्रेषण हुन सहज हुने बताउनुभयो ।

कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,बिभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,शिक्षक,बिद्यार्थी एवम् सरोकारवालाको सहभागिता रहेको थियो । यसअघि भूकम्प सुरक्षासंग सम्वन्धित जनचेतनामूलक प्लेकार्ड सहित फुङलिङ नगर परिक्रमा गरिएको थियो । विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा विक्रम् सम्वत् २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते मनाइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts