रिड नेपालले छात्रबृत्ति दिएर अध्ययन गरेका ताप्लेजुङका ८० बिद्यार्थी मध्ये ४५ जना बने रोजगार

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २८ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालको छात्राबृत्ति पाएर अध्ययन गरेका ताप्लेजुङका ८० जना बिद्यार्थीमध्ये ४५ जनाले रोजगारी पाइसकेको रिडले जानकारी दिएको छ ।
रिड नेपाल ताप्लेजुङका प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार केहि सरकारी निकायमा र केहि गैर सरकारी संस्थामा रोजगारमा आवद्ध भईसक्नु भएको हो । छात्रबृत्ति पाएकामध्ये केहिले पढाईलाई निरन्तरता दिईरहेको र पढाईको पछिल्लो अवस्था बारे रिड नेपालले नियमित सम्पर्क गरी सूचना लिने कार्य गरिरहेको समेत पन्तले जानकारी दिनुभयो । सन् २०१३ मा स्थापना गरिएको छात्रबृत्तिका लागि अहिले सम्म रिड नेपालले ७० लाख रुपैयाँ खर्च गरिसकेको जनाएको छ । छात्रबृत्ति स्थापना भएयता रिड नेपालले हरेकबर्ष उच्च शिक्षा अध्ययन गर्ने ७ जना जेहेन्दार बिद्यार्थीलाइ जर्ज वैण्ड मेमोरियल छात्रबृति दिदैं आएको छ । छात्राबृत्ति पाएकामध्ये अधिकाँस ईञ्जिनियरङ,विज्ञान,कृषि विज्ञान,वन विज्ञान र स्वास्थ्य(अनमी,अहेव)बिषयमा अध्ययन गर्ने गरेका छन् ।
रिड नेपालका शिक्षा अधिकृत रोमा मावो लिम्बूका अनुसार स्थानीय स्तरमा प्राविधिक जनशक्ति अभाव भइरहेको अवस्थालाइ मध्यनजर गर्दै प्राविधिक बिषय अध्ययन गर्नेहरुलाइ छात्रबृत्ति बितरण गर्ने गरिएको छ । हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा नेपालका दुर्गम र हिमाली क्षेत्रहरुको शैक्षिक प्रवद्र्धनका लागि रिड नेपालले काम गर्दै आएको छ । जर्ज वैण्ड तिनको नाम हो,जसले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमालमा पहिलोपटक मानव पाइला राख्नु भएको थियो ।
हिमालयन ट्रष्ट युके जर्ज वैण्डको संस्थापन र अगुवाइबाट सुरु भएको अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । जर्ज वैण्ड भने दिवंगत भइ सक्नु भएको छ । रिड नेपाल हिमालयन ट्रष्ट युकेको आर्थिक व्यवस्थापनबाट चलिरहेको छ । ताप्लेजुङमा रिडको कार्यक्रम सुरु भएको १५ बर्ष भएको छ । यहाँको फक्ताङ्लुङ गाउँपालिकाका ४ तथा सिरिजङ्गा गाउँपालिकाका ३ दुर्गम वडाहरुलाई कार्यक्षेत्र बनाएको रिड नेपालको कार्यक्षेत्र अब ताप्लेजुङ जिल्लाभर बिस्तार गर्ने तयारी भईरहेको छ ।
कार्यक्षेत्रमा बिद्यालयमा कार्यरत शिक्षकसंग प्रभावकारी शिक्षण सिकाईका बारेमा छलफल गर्दै रिड नेपाल ताप्लेजुङको टोली ।