दौंतरीको सहयोगमा ताप्लेजुङ विकास मञ्चद्धारा ६ बिद्यालयका एकसय ५० बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २४ । दौंतरी नेपालको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चले ताप्लेजुङका ६ वटा बिद्यालयका जेहेन्दार बिद्यार्थीहरुलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री प्रदान गरेको छ ।

मंगलवार प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाँईका अनुसार यो बर्ष ताप्लेजुङका ६ वटा बिद्यालयका १ सय ५० जेहेन्दार बिद्यार्थील उक्त सामाग्री पाएका छन् । प्रति बिद्यार्थी लागत ५ हजार रुपैयाँ देखि ७ हजार रुपैयाँ सम्म रहेको प्रसाँईले जानकारी दिनुभयो । यसबर्ष तुलसी आधारभूत बिद्यालय खेजेनिम,महेन्द्र आधारभूत बिद्यालय खेवाङ,भगवती आधारभूत बिद्यालय आम्बेगुदिन,सिद्धेश्वरी मावि डुम्रिसे,सूर्यदेवी मावि सान्थाक्रा र भगवती आधारभूत बिद्यालय सिनामका बिद्यार्थीले उक्त सामाग्री पाएका हुन् ।

ताप्लेजुङ विकास मञ्चले २०७६ साल देखि उक्त सहयोग गर्दै आएको जनाएको छ । कोरोना संक्रमणका कारण २०७८ सालमा भने उक्त सहयोग बितरण गर्न नसकिएको र त्यसयता सबैबर्ष यस्तो सहयोग हुँदै आएको ताप्लेजुङ विकास मञ्चका अध्यक्ष प्रसाँईले बताउनुभयो । दौंतरी नेपालका अध्यक्ष सम्पन्न स्थापितले दुर्गम जिल्लाका जेहेन्दार बिद्यार्थीको पढाईलाई नियमित गराउन शैक्षिक सामाग्रीको अभावमा बीचमै कक्षा छाड्ने दर घटाउन यस्तो प्रकृतिको सहयोग हुँदै आएको बताउनुभयो । ताप्लेजुङ विकास मञ्चका अनुसार पढाईमा अब्बल तर बिपन्नताले पढाईलाई निरन्तरता दिन नसक्ने बिद्यार्थीहरुलाई पढाईलाई निरन्तरता दिने सक्ने बिश्वासका साथ बर्सेनि यस्तो सहयोग हुने गरेको छ । दौंतरी नेपालका कोषाध्यक्ष उत्तरा मानन्धरका अनुसार आर्थिक रुपले बिपन्न तर जेहेन्दार बिद्यार्थीको पढाईलाई सघाउन दौंतरी नेपालले उक्त सहयोगका लागि ताप्लेजुङ विकास मञ्चसंग सहकार्य गरेको हो ।

न्यानो कपडा(ट्रयाक सुट),जुत्ता,झोला,कापी,डटपेन,पेन्सिल र ज्यामिति बक्स रहेको शैक्षिक सामाग्री उक्त संस्थाले दिने गरेको छ । हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ,सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनका वडाध्यक्ष असिम कुँवर,गैर सरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गविक्रम सुबेदी सहितको उपस्थिति रहेको ताप्लेजुङ विकास मञ्चका सचिव भोला पौडेलले जानकारी दिनुभयो । अघिल्लो बर्ष भने ताप्लेजुङ विकास मञ्चले यहाँका ४ बिद्यालयका बिद्यार्थीलाई उक्त प्रकृतिको सहयोग गरेकोमा यसबर्ष बिद्यालय थप गरी ६ वटा पु¥याएको छ । सहयोगी संस्था दौंतरी नेपालसंग सहकार्य गरी सहयोगको क्षेत्र,बिद्यालय र बिद्यार्थी संख्या समेत क्रमशःबढाउँदै लैजाने तयारी गरिरहेको समेत ताप्लेजुङ विकास मञ्चका अध्यक्ष प्रसाँईले बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts