भीरबाट खसेर ताप्लेजुङको मेहेलेका एक व्यक्तिको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २० । भीरबाट खसेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जमुने माल्दाई भनेर चिनिने साविक मेहले ७ का ५४ बर्षिय बुद्धिमान परियार रहेको स्थानीय कमल कडरियाले जानकारी दिनुभयो । मंसिर १८ गते देखि घरबाट निस्कनु भएका उहाँ फर्किएर नआएपछि खोजी गर्ने क्रममा स्थानीय काफलडाँडे भीरमा मृत अवस्थामा भेटिनु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक समेत रहनु भएका सूचना अधिकारी तथा प्रवक्ता कमलकुमार लुङ्गेलीले शव पोष्टमार्टका लागि सिरिजङ्गा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक ल्याईदै गरेको जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान भइरहेको र बिस्तृत बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts