पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजालाई एमाले सचिव भट्टराईको चुनौति,भन्नुहुन्छ‘सरकार रमिते बन्नु अझ रहस्यमय’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १० । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौति दिनु भएको छ । जस्केलाबाट छिर्ने कोसिश नगर्न उहाँको चेतावनी थियो ।

पत्रकार महासंघ ताप्लेजुङले आइतवार बिहान फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले केहि नभए पूर्व राजालाई आफुसंग भएको सम्पत्ति राष्ट्रिय उद्योगमा लगानी गरेर उद्यम सृजनामा केन्द्रित हुन समेत चुनौति दिनुभयो ।‘पूर्व राजाले आफ्नो हैसियत बिर्सिएर तमासा देखाउने र नपाली जनताको समृद्धिको चाहनामा अवरोध सृजना गर्ने कार्य कुनै हालतमा सैह्य हुदैन’भट्टराईले भन्नुभयो ।

राजसंस्थाको अन्त्य पूर्व राजा ज्ञानेन्द्रको अनुत्तरदायी र निरकुशताको कदमको प्रतिफल भएको उहाँको ठम्याई थियो । बिद्यमान व्यवस्था बिरोधी हर्कत हुँदा समेत सरकार रमिते बनेको भन्दै भट्टराईले बर्तमान सरकारको बिगठन अनिवार्य रहेको बताउनुभयो ।

यो अवस्थामा समेतमा सरकार चुप लागेर बस्नुको पछाडि सरकार माथि शंका गर्न सकिने प्रसस्त आधार रहेको उहाँको भनाई थियो । व्यवस्था बिरोधी हर्कत भइरहँदा सरकारको धारणा नआउनु आफैंमा रहस्यको बिषय रहेको भट्टराईले दावी गर्नुभयो ।‘म नेपाली काँग्रेसका साथीहरुलाई समेत आग्रह गर्छु,अहिले यो त एमाले माथिको दबाब न हो भनेर खुच्चिङ मान्ने अवस्था होईन’तपाँईहरुको पनि यसका बारेमा धारणा के छ ? खुल्ला रुपले प्रस्तुत हुनुहोस्,चुप लागे काँग्रेस पनि जोगिदैन’ भट्टराईले भन्नुभयो ।

उहाँले व्यवस्था जोगाउने प्रकृयाका लागि विगतमा काँग्रेस र एमाले मिल्दाको उन्नत परिणाम अहिलेको समयमा पनि आवश्यकताको रुपमा देखिन थालेको समेत बताउनुभयो । आजको संबिधान,व्यवस्था र लोकतन्त्रको पहरेदार एमाले भएकै कारण एमाले माथि निसाना लगाउन थालिएको समेत भट्टराईले दावी गर्नुभयो ।
मध्यावधि रोक्नै चाहेको भए एमालेसंगको सहमतिमा फर्कनुहोस्’
कोशी प्रदेशको संसदीय अवस्था चित्रित गर्दै एमाले सचिव भट्टराईले मध्यावधि निर्वाचन रोक्नै चाहेको भए एमालेसंग भएको सहमतिमा फर्कन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सुझाव दिनु भएको छ ।

प्रतिस्थापन बिधयेकमार्फत तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएका लोकप्रिय बजेट काटेर मुन्यमन्त्री कार्की सम्झौता उल्लंघनमा एकपछि अर्को रुपले प्रस्तुत भएको भट्टराईको आरोप थियो ।‘एमाले संगको सम्झौतामा नफर्किए कोशी प्रदेश मध्यावधिको निर्वाचनको बाटोतर्फ अग्रसर हुन्छ नै,एमाले त्यो सामना गर्न पनि तयार छ’उहाँले भन्नुभयो ।
संबैधानिक बाटो र संसदीय प्रकृयाबाट समस्या हल गरौं
कोशी प्रदेश नामाङ्कनको बिषय संबैधानिक बाटो र संसदीय प्रकृयाबाट हल गर्न भट्टराईले आग्रह गर्नु भएको छ । प्रदेशसभालाई के गर्दा राम्रो हुन्थ्यो,नामाङ्कन कसरी गर्दा उपयुक्त हुन्थ्यो भन्ने बिषय प्रदेशसभाको क्षेत्राधिकारको बिषय भएकोले कोशी प्रदेश नामाङ्कनको बिषय संबैधानिक बाटो र संसदीय प्रकृयाबाट हल गर्नुपर्ने भट्टराईले बताउनुभयो ।

काँग्रेस,एमाले र माओवादी सहित जनता समाजवादी पार्टी समेतको सल्लाहमा तत्कालिन मुख्यमन्त्री कार्कीले प्रदेश नामाङ्कनको प्रस्ताव अघि सारेको जानकारी आफुले पाएको भट्टराईले बताउनुभयो । नामाङ्नको समयमा सहमति दिने र पछि निर्णयबाट फर्कन खोज्ने प्रवृत्ति गलत भएको उहाँको आरोप थियो ।‘सरकारले प्रदेश नामाङ्नको बिषय संसदमा टेबुल गरे हामी त्यो बिषयमा त्यहिँ छलफल र निर्णय गर्छाैं’भट्टराईले भन्नुभयो ।

उहाँले आफ्ना नेता कार्यकर्ताहरु माथि बारबार भौतिक आक्रमण गरिरहँदा सरकार किन मौन भनेर भनेर प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गर्दा आफुसहितका एमाले नेताहरु माथि ‘निशेध’को हल्ला चलाईएको भन्दै दुखेसो पोख्नुभयो । भन्नुभयो‘निशेधको राजनीति कहिँ अर्थमा उपयुक्त हुँदैन र पहिचानलाई अनादर हुनेगरी बोलेको पनि छैन’ । गत जेठ २६ गते प्रतिनिधिसभाका बोलेको बिषयलाई लिएर पहिचान पक्षधरहरुले भट्टराईको बिरोध गर्दै आईरहेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा एमाले केन्द्रीय सदस्य उर्मिला थेबेले सरकारले जनताको पक्षमा केहि काम गर्न नसकेको तथा बिपक्षी सांसदहरुका योजना पूर्वाग्रही ढंगले काटेको आरोप लगाउनुभयो ।‘सरकार गठबन्धनकै भएपनि आर्थिक ढुकुटी त राज्यकै होला,तर सरकार किन यति पूवाग्रही’सरकारलाई उहाँले प्रश्न गर्नुभयो ।

एमालेबाट प्रतिनिधि र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु क्रमशःभट्टराई,थेबे र तिलकुमार मेन्याङवोको संयोजनमा आइतवार एमाले ताप्लेजुङले चियापान कार्यक्रम राखेको छ । नेताहरु त्यहिँ कार्यक्रमका लागि फुङलिङमा भेला हुनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts