ताप्लेजुङमै पहिलो पटक भानु मावि परिसरमा आईटी एकेडेमी सुरु, आईटी सम्वन्धी शिक्षालयकै रुपमा विकास गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ६ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक बिद्यालय परिसरमा जिल्लाकै पहिलो र एकमात्र आईटी एकेडेमी बुधवारबाट सञ्चालनमा आएको छ ।

डेनमार्कका व्यावसायी तथा समाजसेवी वाल्डेमर स्मित तथा ह्युमन प्राटिक्स फाउण्डेसन(एचपीएफ) डेनमार्कको अगुवाई तथा समन्वय र बिभिन्न बिदेशी दाताहरुको सहयोगमा आईटी एकेडेमी निर्माण भएको छ । श्रमदान र समुदाय लागत साझेदारी सहित ५ करोड ३२ लाख २७ हजार ७ सय ७५ रुपैयाँको लागतमा आईटी एकेडेमीको भवन तथा पूर्वाधार निर्माण कार्य पूरा भएको छ । निर्माणका केहि कामहरु अधुरा रहेको र त्यसलाई पूरा गर्ने क्रम समेत जारी रहेकोले उल्लेखित लागतमा केहि तलमाथि हुनसक्ने भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राईले बताउनुभयो । भानुजनले जग्गा खरिद तथा व्यवस्थापनमा मात्रै ३४ लाख ३२ हजार ६ सय ४ रुपैयाँ बराबर खर्च गरेको छ । अढाई लाख बढी रकम कोष बचत रहेको छ । भानुजन माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङले खर्च बिबरण प्रस्तुत गर्दै आईटी एकेडेमी भानुजनकै मात्र नभएर जिल्लाकै आईटी हव र सामुहिक सम्पत्तिको रुपमा रहेको बताउनुभयो ।

आईटी एकेडेमीका परिकल्पनाकार तथा लगानीका मुख्य समन्वयकर्ता वाल्डेमर र एचपीएफका प्रवन्ध निर्देशक पर्निल क्रुस सहितका दाताहरुको उपस्थितिमा बुधवार एकेडेमीको उद्घाटन गरिएको छ । यो संगै एकेडेमी औपचारिक रुपमा सञ्चालनमा आएको एकेडेमीका प्रमुख तथा एकेडेमी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव बसन्त पालुङ्वाले बताउनुभयो । जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख अध्यक्ष रहने समितिमा फुङलिङ नगरपालिका सहित यहाँका सबै स्थानीय तहका प्रमुख,जिल्ला प्याब्सन,जिल्ला परार्मशदाता,भानुजन माध्यमिक बिद्यालय व्यवस्थापन समिति र सदस्य रहनु हुने छ । आईटी एकेडेमी भवन भित्र कफी बार सहित आईटी संग सम्वन्धित सबै सामाग्री देखि लिएर मिनी रेर्कडिङ स्टुडियो सम्म रहेको छ । ग्राफिक डिजाइन तालिम समेत सञ्चालन भइरहेको यहाँ आईटी सम्वन्धी शिक्षालयकै रुपमा यसलाई अघि बढाउने योजना रहेको एचपीएफका कन्ट्री म्यानेजर शिवबहादुर रायमाझीले बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts