कोशी प्रदेशका जिससहरुले भूकम्प पीडितलाई एकमुष्ट ७ लाख रुपैयाँ सहयोग गर्ने,काँग्रेस ताप्लेजुङको ४० हजार सहयोग

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक २४ । कोशी प्रदेशका जिल्ला समन्वय समितिहरुले जाजरकोट र रुकुम पश्चिम सहितका जिल्लाहरुका भूकम्प पीडितलाई ५० हजार रुपैंयाका दरले सहयोग गर्ने भएका छन् ।

जिसस कोशी प्रदेश स्तरीय सञ्जालको बैठकले ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जिसस कोशी प्रदेश सञ्जालका उपाध्यक्ष तथा जिसस ताप्लेजुङका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । कोशी प्रदेशमा १४ जिल्ला छन् । जिसस प्रदेश स्तरीय सञ्जालले भूकम्प पीडितहरुको राहत,उद्धार र पुर्नबासका लागि आफ्नो भूमिका थप सक्रिय बनाउन नेपाल सरकार र प्रदेश सरकार समक्ष माग पनि गरेको छ । आउँदो पुस १३ गते भोजपुरमा सञ्जालको तेस्रो बैठक बस्ने निर्णय भएको समेत लामाले जानकारी दिनुभयो ।

यता,नेपाली काँग्रेस ताप्लेजुङले भूकम्प पीडितहरुका लागि ४० हजार रुपैयाँ सहयोग गरेको छ । भूकम्प पीडितहरुका लागि थोरै भएपनि मह्लमपट्टी होस् भनेर उक्त रकम सहयोग गर्ने निर्णय भए बमोजिम बिपद् व्यवस्थापन कोषमा जम्मा गरेको नेपाली काँग्रेस केन्द्रीय प्रचार विभाग सदस्य समेत रहनु भएकी नेतृ शिला इजमले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts