| |

अग्निपीडित शिवालाई कपडा सिलाउने मेसिन प्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका एक अग्निपीडित परिवारलाई वडा कार्यालयले कपडा (लुगा) सिलाउने मेसिन प्रदान गरेको छ । फुरुम्बुको लामाथान टोलका अग्निपीडित यामकुमार शिवालाई वडा कार्यालयले बिहीबार कपडा सिलाउने मेसिन प्रदान गरेको हो ।
आगलागीबाट खाद्यान्नसहित घरमा भएको सामान गुमाएका शिवाको परिवारलाई लुगा सिलाउने मेसिनसहित अन्य सहयोग प्रदान गरेको फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार अग्निपीडित शिवालाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले मेसिन उपलब्ध गराइएको हो । वडा कार्यालयको तर्फबाट कपडा सिलाउने मेसिनसँगै केही नगद र ओढ्ने कपडा (सिरक)समेत उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
ढुंगा, माटो र काठले बनेको शिवाको कच्ची घर मंगलबार दिउँसो भएको आगलागीबाट पूर्णरुपमा ध्वस्त भएको थियो । घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री जलेर खरानी भएको वडा कार्यालयले जनाएको छ । बालबालिकाले आगो खेलाउने क्रममा घर आगलागी भएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts