ताप्लेजुङको पाथीभरा मन्दिरमा यो आवकै सबैभन्दा बढी तीर्थालु,साढे ८ हजार बढीले एकैदिन गरे मन्दिरको दर्शन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १४ । मंगलवार एकैदिनमा ८ हजार ५ सय बढीले ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

यो संख्या चालू आर्थिक बर्ष सुरुभएपछि एकैदिन दर्शन गर्नेमध्येको सबैभन्दा धेरै रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँका अनुसार दशैंको नवरात्र देखि दशैं अवधि भरमा एकैदिन ६ हजार ६ सय जनाले मन्दिरको दर्शन गरेको अभिलेख थियो । मंगलवार त्यो संख्याको रेकर्ड ब्रेक्र भएको छ ।‘चालू आवकै सबैभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्नु भएको छ’महतले भन्नुभयो । दर्शनार्थी बढी भएपछि केहि समय मन्दिर दर्शनको लाइन व्यवस्थापन समेत हम्मे परेको उहाँले सुनाउनुभयो । ‘तर बिना झञ्झट दर्शनार्थीहरुले मन्दिरमा पूजाआजा सकेर फर्कन थाल्नु भएको छ’महतले भन्नुभयो । उहाँले पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको अगुवाई र समन्वयमा मन्दिर दर्शन प्रकृया सहज बनाउन सहयोगीहरुले भूमिका खेलिरहेको बताउनुभयो ।

उहाँले दर्शनार्थीलाई कुनै समस्या भए मन्दिरका कर्मचारीसंग सम्पर्क गर्न भनिएको र दर्शनार्थीका समस्याहरु आफुले सुनेर समाधान गरिदिने गरेको समेत जनाउनुभयो । दसैँको अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार ३ सय ६८ जनाले पाथीभराको दर्शन गरेको तथ्याङ्क यसअघि पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको थियो । दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ । यसबर्ष भने दशैंभन्दा पछि भने दर्शनार्थी बढ्न थालेका छन् । पाथीभरा दर्शन गर्न मौसम अनुकूल रहेको,सडक समेतमा मर्मत सम्भार र स्तरोन्नतीको कार्य चलिरहेको र आउँदा जाँदा समस्या समेत कम हहुन थालेपछि तीर्थालु थपिन थालेका छन् । यसअघि नवरात्रको समयमा तीर्थालु बढी हुने भएपनि दशैं पछि मौसम पूर्ण रुपमा खुलेको मौकाको फाइदा उठाउँदै पाथीभरामा भक्तजनहरुको घुँईचो लाग्न थालेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts