रेष्टिकेट एरिया परमिट खुल्ला गर्न फक्ताङ्लुङका जनप्रतिनिधिद्धारा संघीय सरकारको ध्यानाकर्षण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १४ । ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रका जनप्रतिनिधिहरुले पर्यटकिय क्षेत्रहरुमा अहिले सम्म कायम रहेको निशेधित क्षेत्र(रेष्टिकेट एरिया परमिट)खुल्ला गर्न नेपाल सरकारको ध्यानाकर्षण गरेका छन् ।

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीसंग भेट गरी पर्यटन क्षेत्रका बिद्यमान समस्या बारे सरकारलाई अवगत गराएको हो । प्रतिनिधिमण्डलका एक सदस्य तथा फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेप र वडा नं ७ ओलाङ्चुङगोला,सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिन सहितको कञ्चनजंघा क्षेत्र र मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङको(तोक्पेगोला) क्षेत्रमा कायम रहेको पर्यटक निशेधित क्षेत्र खुल्ला गर्न सरकारसंग माग गरिएको बताउनुभयो । प्रतिनिधिमण्डलले निशेधित क्षेत्रमा हवाई उद्धार उडानका क्रममा पूरा गर्नुपर्ने प्रकृया झञ्झटिलो रहेकोले त्यसलाई खुकुलो बनाउन समेत सरकारको ध्यानाकर्षण गरेको जनाएको छ ।

यस्तै उत्तरी दुर्गम क्षेत्रका पर्यटकिय स्थलहरुको प्रवद्र्धन,पदमार्ग निर्माण र पर्यटकिय क्षेत्रहरुमा पूरा हुनुपर्ने पूर्वाधार सहितका संरचनाको थप व्यवस्थापनका लागि प्रतिनिधि मण्डलले सरकारलाई अवगत गराएको जनाएको छ । पर्यटकिय क्षेत्रहरुमा जो पायो त्यहिँ व्यक्ति जान नपाउने अवस्थालाई निशेधित क्षेत्र अर्थात् रेष्टिकेट एरिया परमिट भन्ने गरिन्छ । ताप्लेजुङको कञ्चनजंघा,मिक्वाखोलाको तोक्पेगोला सहितका हिमाली क्षेत्रका ७३ नाका अहिले पनि निशेधित क्षेत्रको रुपमा रहेको पाइन्छ । जवाफमा संस्कृति मन्त्री राईले यससंग सम्वन्धित निकाय तथा अधिकारीसंग छलफल गरी आवश्यक निर्णय लिने बचन दिएको टोली सदस्य शेर्पाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts