नेपाल बैंक ताप्लेजुङले सुरु गर्यो नयाँ नोट बितरण,एकजनालाई १८ हजार ५ सय रुपैयाँको नयाँ नोट दिइने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १ । नेपाल बैंक लिमिटेडले ताप्लेजुङमा बुधवारबाट नयाँ नोट दिन थालेको छ ।

एकसय,पचास,बीस,दश र पाँच रुपैंयाका नोटहरु गरी एकजना व्यक्तिलाई १८ हजार ५ सय रुपैयाँको नयाँ नोट एकमुष्ट रुपमा दिइने नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक बसुन्धरा आचार्यले जानकारी दिनुभयो । एकसयको,बीसको,दशको र पाँच रुपैयाँको नयाँ नोट तथा ५० रुपैयाँको भने सफा नोट रहेको उहाँले बताउनुभयो ।

बुधवार तीनसयलाई दिइने भएको छ । नेपाल बैंकले यहाँस्थित अरु बैंकहरुलाई समेत नयाँ नोट उपलब्ध गराउने तयारी गरेको प्रवन्धक आचार्यले जानकारी दिनुभयो । नेपाल बैंकले नयाँ नोट बितरणका लागि अरुदिन सेवा बितरण हुने स्थान भन्दा अलग्गै लाइन खडा गरी  बितरण गरिरहेको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts