| |

सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

अरुलाई पनि शेयर गरौ !

काठमाडौँ, असोज २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार (आज) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ तथा डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कामय भएको छ ।
यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य प्रतिलिटर १६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ तोकिएको छ । यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर १८० तथा डिजेलको मूल्य प्रतिलिटर १७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ र डिजेलको मूल्य प्रतिलिटर १७२ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ र डिजेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ थियो ।
इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ११.१८ र ५.०३ रुपैयाँले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts