ताप्लेजुङमा सडक सुरक्षा र अपराध नियन्त्रण सम्वन्धी जागरणमूलक प्रभातफेरी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २८ । ६८ औं प्रहरी दिवसको अवसरमा आइतवार ताप्लेजुङमा सडक सुरक्षा र अपराध नियन्त्रण सम्वन्धी जागरणमूलक प्रभातफेरीको आयोजना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा चेतनामूलक प्रभातफेरी आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो । प्रभातफेरी संगै सडक सुरक्षाका उपाय तथा अपराध नियन्त्रण सम्वन्धी पर्चा पम्प्लेट समेत बितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक गोपाल भुजेलले बताउनुभयो । सडक प्रयोगकर्ता,यात्रु तथा चालकलाई यातायाात सुरक्षाका उपायहरुका बारेमा समेत जानकारी पुग्नेगरी चेतनामुलक सामाग्री बितरण गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले पैदलयात्रीलाई फुटपाथको प्रयोग गर्न र फुटपाथ नभएको ठाउँमा सडकको दाँयाबाट हिड्न आग्रह गरेको छ । यस्तै जेब्रा क्रस भएको ठाउँबमाट मात्र बाटो काट्न र जेब्रा क्रस नभएको स्थानमा दायाँबाँया राम्ररी हेरेर मात्र हतार नगरी बाटो काट्न आग्रह गरिएको छ । मोड तथा रोकिएको सवारीको अगाडि वा पछाडिबाट बाटो नकाट्न,बालबालिकालाई सडकमा खेल्न नछाड्न,हतारमा तथा मोवाईल फोनको प्रयोग गर्दै बाटो नकाट्न,रातिको समयमा हिड्दा सेतो वा चम्किलो लुगा लगाउन र बालबालिकालाई सडकको कुनातिर पारेर हिड्न समेत प्रहरीले आग्रह गरेको छ । यस्तै झुण्डीएर वा छतमा यात्रामा नगर्न,चालकको ध्यान खल्बलिने कुनै कार्य नगर्न,गाडी रोकिएपछि मात्र चढ्ने र झर्ने गर्न,शरिरको कुनैपनि अंग सवारी बाहिर ननिकाल्न,खाना खाने समयमा चालक माथि निगारानी राख्न प्रहरीले यात्रुलाई आग्रह गरेको छ ।

यस्तै तोकिएको गति भन्दा बढीमा सवारी नचलाउन,घुमाउरो र अप्ठेरो भागमा अर्को सवारी भन्दा ओभरेटक नगर्न,मोटरसाईकलमा दुईभन्दा बढी यात्रु यात्रा नगर्न,मोटर साईकलमा बस्ने दुबैले अनिवार्य हेलमेटको प्रयोग गर्न प्रहरीले चालकलाई आग्रह गरेको छ । यस्तै मादक पदार्थ सेवन गरी सवारी नचलाउन,शारिरिक तथा मानसिक अवस्थामा थकित भएको समयमा सवारी नचलाउन,तीव्र गति र जिकज्याक गरी सवारी नचलाउन,सवारी साधन सञ्चालन गर्नुअघि सवारी साधनको अवस्थाको राम्रो चेकजाँच गर्न,बाँया चेपेर सवारी चलाउन र ओभरटेक गर्नुपरे दायाँबाट मात्र गर्न,सवारी चलाउँदा सिट बेल्ट तथा हेल्मेटको पेटी अनिवार्य बाँध्न,एम्बुलेन्स तथा दमकललाई सडक प्रयोगमा प्राथमिकता दिन सवारी चालकलाई प्रहरीले आग्रह गरेको छ ।

प्रहरी ऐनमा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । सोहि दिन कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिकता पाएको मानिन्छ । प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएता पनि यसबर्षको प्रहरी दिवस भने असोज ३० गते मनाईदैंछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts