मुलुकका हरेक कठिनाईमा काँग्रेस अग्रपंक्तिमा लाग्दा मात्र परिवर्तन सम्भव ः नेता रिजाल

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज १७ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले मुलुकमा परेको हरेक कठिनाईलाई काँग्रेसको अगुवाईमा रहने तागतले ठेगान लगाएको बताउनु भएको छ । उहाँले त्यो सार्मथ्यलाई अझ गतिशिल बनाउन गुट र उपगुटको अन्त्य जरुरी भएको समेत बताउनुभयो ।

नेपाली काँग्रेस ताप्लेजुङ क्षेत्र १(क)को प्रथम प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई बुधवार फुङलिङमा सम्बोधन गर्दै नेता रिजालले गुटबन्दीका कारण काँग्रेस अप्ठ्यारोमा परेको भन्दै गुटबन्दी त्यागेर काँग्रेसको आन्तरिक संगठन सुद्रिढकरण लाग्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ। पार्टीका आन्तरिक मतभेदलाई बिचार र बहसबाट सहमति र सहकार्यमा लैजान सकिने उहाँको भनाई थियो । काँग्रेस लोकतन्त्रको सच्चा पहरेदार भएको भन्दै काँग्रेसको आन्तरिक संगठन बलियो बनाएर जनतामाझ लोकप्रिय संगठकको रुपमा काँग्रस उभिनुपर्नेमा उहाँको जोड थियो । नयाँ शक्तिको रुपमा उदाएका राजनीतिक दललाई उहाँले उनीहरुका प्रवृति नयाँ ‘महाराज’को रुपमा उदाएको टिप्पणी गर्नुभयो । ‘अब काँग्रेसका नेता को हुने भन्ने बिषय गौड हुनुपर्छ र काँग्रेसलाई कसरी मौलाएर अघि बढाउने चिन्तन बढी हुनुपर्छ’रिजालको भनाई थियो ।

नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याङ्ले पार्टीका आन्तरिक समस्यालाई चिया र चौतोरोका फैलाएर नभई आपसी,बहस र छलफलबाट समाधान निकाल्ने अभ्यासमा लाग्न आग्रह गर्नुभयो । कोशी प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेस ताप्लेजुङ क्षेत्र नं १(ख)का सभापति खगेनसिंह हाङ्गामले प्रहरीसंगको बिबादलाई निहुँ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘आतंककारी’भनेर भन्दा समेत पार्टी केन्द्र र नेताहरुले नबोलेको प्रति रोष प्रकट गर्नुभयो । ‘त्यो बिषयमा सञ्चारमाध्यमले समेत अतिरञ्जना सृजना ग¥यो’उहाँले भन्नुभयो । नेपाली काँग्रेस पाँचथरका पूर्व सभापति नरेन्द्रकुमार केरुङले काँग्रेसको आउँदो महासमिति बैठकमार्फत मुलुकको प्रधानमन्त्री,मन्त्री र सांसद बढीमा दुईपटक मात्र निर्वाचित हुन पाउने र समानुपातिक सांसद एकपटक मात्र हुन पाउने गरी काँग्रेसको बिधान शंसोधनको खाँचो औैंल्याउनुभयो ।

केरुङ पछि बोल्नु भएका प्रदेशसभा सदस्य तथा काँग्रेस ताप्लेजुङ क्षेत्र नं १(ख)का सभापति हाङ्गामले जित्नेको हकमा मात्र नभई कतिपटक हार्नेले फेरी त्यहिँ पदमा चुनाव लड्न नपाउने भन्ने बिषयमा पनि छलफल हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा काँग्रेसका पूर्व जिल्ला सभापति,पूर्व जिल्ला पदाधिकारी,तरुण दल तथा नपाल बिद्यार्थी संघका नेताहरुले समेत आफ्नो धारणा राखेका थिए । नेपाली काँग्रस ताप्लेजुङ निर्वाचन क्षेत्र नं १(क)का सभापति लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts