ताप्लेजुङमा जिससको जिल्लासभा तथा बार्षिक समिक्षा सुरु,सभा बिहीबार सम्म चल्ने
ताप्लेजुङ,असोज १८ । ताप्लेजुङ जिल्लाको आर्थिक वर्ष २०८०÷८१ को जिल्ला सभा तथा गत आथिक वर्ष २०७९÷८० को बार्षिक समिक्षा सुरु भएको छ ।
कार्यक्रमको प्रदेश सांसद खगेनसिं हाङ्गामले उद्घाटन गर्नु भएको छ । फुङलिङ नगरपालिका र आठवटै गाउँपालिकाको सहभागिता रहेको कार्यक्रम बिहीबार सम्म चल्नेछ । चालू वर्षको समिक्षा तथा योजनाका बारेमा सभामा छलफल गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । यसको समन्वय जिल्ला समन्वय समितिले गर्ने गरेको छ । जिल्ला समन्वय अधिकारी जयनारायण खनालले आन्तरिक समस्याका कारण केही ढिलोगरी जिल्ला सभा आयोजना भएको बताउनुभयो । गतवर्ष जिसस अधिकारी नभएका कारण सभा हुन सकेको थिएन । यो सभामा जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यालयले आफनो कार्यालयको वार्षिक कार्यक्रम प्रस्तुत गर्नेछन् । पहिलो चरणमा संघ र प्रदेश अन्तर्गतका कार्यालय, दोश्रोमा पालिका तथा तेश्रोमा संघसस्थाको कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
जिसस प्रमुख छिरिङ लामाको भएको कार्यक्रममा सांसद हाङ्गाम,फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन,गाउँपालिकाकोतर्फवाट आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू(दीपेन),उपाध्यक्षको तर्फवाट फुङलिङ नगर उपप्रमुख भिमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ लगायतले शुभकामना दिनु भएको थियो । प्रदेश सांसद हाङ्गामले गोष्ठिको महत्व सबै स्थानीय तहले बुझनुपर्ने बताउनुभयो । उहाँले मिम्वाखोला गाउँपालिकामा सावजनिक सुनुवाईको क्रममा सव इञ्जिनियरले इञ्जिनियरलाई हातपात गरेको भन्दै यसलाई गम्भिरताका साथ लिनुपर्ने वताए । जवाफदेहिता हुनुपर्नेले हातपातमा उत्रनु कमजोरी लुकाउन खोजिएको रुपमा लिन सकिने हाङगामको दावी छ ।
जिसस प्रमुख लामाले जिसस ाहिरवाट हेर्दा काम नदेखिने तर महत्वपूर्ण भूमिका रहेको निकाय भएको बताउनुभयो । अहिले शिक्षा, पालिका लगायतको समन्वय आवश्यक रहेको लामाले बताउनुभयो । पर्यटन,विपद् लगायतका क्षेत्रमापनि समन्वयको जिम्मेवारी दिनु आवश्यक रहेको समेत उहाँले बताउनुभयो । जिससमा दरवन्दी भएरपनि कर्मचारी नहुँदा समस्या रहने गरेको उहाँले दुखेसो गर्नुभयो । नगरप्रमुख मादेनले देश सरकारलेनै चलाएपनि कसरी चलाएको छ भनेर बुझ्न कठिन रहेको बताउनुभयो । कर्मचारी उपलब्ध गराउन नसक्दाँको पींडा स्थानीय तहलाई मात्रै थाहा भएको उहाँको भनाई थियो ।
पाथीभरा सडकको बाटोको ठेकदारलाई आफुले महिनामा विसौ पटक फोन गर्ने गरेको तर बनाउला कि नबलाउला भन्ने चिन्ता रहेको दावी गर्नुभयो अहिले लागेको ठेक्कामा दशकरोड थपिदिएर मुख्य ठेकदारले अर्को ठेकदार खोजिरहेको भन्दै मादेनले उक्त सडक कालोपत्रे हुने सम्भावना कम रहेकोमा चिन्ता ब्यक्त गर्नुभयो । कार्यक्रममा आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष पोमूले वहानन्दे–दोभान सडक मर्मतका लागि समन्वय गरिदिन फुङलिङ नगरपालिका लाई अनुरोध गर्नुभयो । फुङलिङ नगर उपप्रमुख ओझाले सुकेटार–काफ्ले पाटी सडकको विषयमा सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।