| |

एमाले कोशी प्रदेशमा ताप्लेजुङबाट ९ जनाको प्रतिनिधित्व

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १७ । नेपाल कम्युनिस्ट पार्टी एमालेको कोशी प्रदेश कमिटीमा ताप्लेजुङबाट नौ जनाको प्रतिनिधित्व भएको छ । मंगलबार सकिएको मतपरिणामको अन्तिम नतिजाअनुसार ताप्लेजुङबाट एकजना लेखा समिति सदस्यसहित नौ जनाको प्रदेश कमिटीमा प्रतिनिधित्व भएको हो ।
प्रदेश कमिटीमा प्रतिनिधित्व हुने अर्थात निर्वाचित हुनेमा भूगोलतर्फ केशरकुमार सुब्बा मेन्याङ्बो, मात्रिकाप्रसाद भट्टराई, अनन्तबहादुर साँबा, राजकुमार चुडाल, खुला महिलातर्फ चित्राकुमारी चङ्सु र टीका सुवेदी रहनुभएको छ । यस्तै युवातर्फ देवसेन आङ्बुहाङ, दलिततर्फ बुद्धिमान परिवारको प्रदेश कमिटीमा प्रतिनिधित्व भएको छ ।
लेखा समिति सदस्यमा भने विष्णुप्रसाद खतिवडाको प्रतिनिधित्व भएको छ । मेन्याङ्बो, भट्टराई, साँवा, चुडाल, चङ्सु र सुवेदी निर्वाचनबाट निर्वाचित भई एमाले प्रदेश कमिटीमा प्रतिनिधित्व सुनिश्चित गर्नुभएको हो । दलिततर्फका परियार र युवाका आङ्बुहाङ तथा लेखा समितिका खतिवडा निर्विरोध चयन हुनुभएको बताइएको छ । एमाले कोशी प्रदेश अधिवेशन सोमबार उद्घाटन भई कमिटी चयनमा सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रियामा गएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts