ताप्लेजुङ वन कार्यालयद्धारा वन्यजन्तुबाट भएको मानवीय तथा पशुचौपाया क्षति पछि राहत प्राप्ति सिफारिस

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १४ । डिभिजन वन कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०७९।८० मा वन्यजन्तुबाट हुने क्षतिको राहत रकम वापत सेवाग्राहीका लागि ८ लाख रुपैयाँ बढी रकम सिफारिस भएको जनाएको छ ।
निमित्त डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार १ मानवीय क्षति सहित १९ वटा पशुको वन्यजन्तुबाट भएको क्षतिको राहत रकम वापत ८ लाख १ हजार ४ सय रुपैयाँ प्राप्तिका लागि सिफारिस गरिएको छ । निमित्त डिभिजनल वन अधिकृत शाहका अनुसार सिदिङ्वा गाउँपालिका वडा नं ७ का फुर्वा तामाङको भालुको आक्रमणबाट मृत्यु पछि उहाँका परिवारलाई राहत स्वरुप ४ लाख ४३ हजार हजार रुपैयाँ सिफारिस गरिएको छ । यस्तै सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनका दावा भोटेले पालेका ५ वटा चौंरी गाई चितुवाले खाईदिएपछि क्षतिपूर्ति तथा राहत स्वरुप २ लाख २० हजार रुपैयाँ सिफारिस गरिएको वन कार्यालयले जनाएको छ । उता फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलास्थित हङहङगे बाख्रा फार्ममा रहेका रमेश कार्कीका १४ वटा बाख्रा चितुवाले मारेपछि क्षतिपूर्ति तथा राहत स्वरुप १ लाख ३८ हजार ४ सय रुपैयाँ प्राप्तिका लागि सिफारिस गरिएको डिभिजन वन कार्यालये जनाएको छ ।
वन्यजन्तुबाट भएको क्षतिको राहत बितरण निर्देशिका २०७८ मा वन्यजन्तुले घरगोठ,बालीनाली,चौपाया तथा मानवीय क्षति गरेमा क्षतिपूर्ति तथा राहत रकम भुक्तानीका लागि आवश्यक कागजात सहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत बितरण निर्देशिका २०८० अनुसार वन्यजन्तु मानव बस्तिमा प्रवेश गरी भएको आक्रमणबाट नेपाली नागरिकको मृत्यु भएमा,गम्भिर घाईते वा सामान्य घाईते भएमा,राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक अन्य वनक्षेत्रमा बिधिपूर्वक प्रवेश गर्दा वन्यजन्तुको आक्रमणमा परी पाली नागरिकको मृत्यु भएमा,गम्भिर घाईते वा सामान्य घाईते भएमा,राष्ट्रिय निकुञ्ज वा आरक्षमा सरकारी काममा खटिएका कर्मचारी,वन तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापनको काममा अनुुमति लिई खटिएका वन हेरालु तथा कामदार वा अनुमतिप्राप्त प्रकृति पथप्रदर्शकलाई वन्यजन्तुले आक्रमण गरी मृत्यु भएमा,गम्भिर घाईते वा सामान्य घाईते भएमा राहत रकम प्रदान गर्न सकिने छ ।
यस्तै सरकारी काममा खटिएका कर्मचारीलाई राष्ट्रिय निकुञ्ज,आरक्ष,संरक्षण क्षेत्रको कार्यालय वा चिडियाखानामा पालिएका,उद्धार गरिएका वा उपचारका लागि राखिएका वन्यजन्तुले क्षति पु¥याएमा,राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक अन्य क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी पशुको मृत्यु भएमा,निजी जमिनमा खनिएको पोखरीमा पालन गरिएको माछा तथा खोरमा पालिएका कुखुरालाई वन्यजन्तुले क्षति पु¥याएमा,प्रयोगमा रहेको घरगोठमा वा घरगोठभित्र भण्डारण गरिएको अन्नमा वन्यजन्तुले क्षति पु¥याएमा र निजी जमिनमा लगाएको बालीमा वन्यजन्तुले क्षति पु¥याएमा अवस्था एकिन गरी राहत तथा क्षतिपूर्तिका लागि सिफारिस गर्न सकिने व्यवस्था रहेको छ ।