स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानद्धारा युवाबर्षका करिव अढाईसय बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ९ । स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले मंगलवार ताप्लेजुङको फुङलिङ–७ स्थित युवाबर्ष मावि कैंजलेका बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

युवाबर्ष माविका २ सय ४० बिद्यार्थीलाई जनही ७ सय रुपैयाँका दरले १ लाख ७५ हजार रुपैयाँ बराबरको कापी र डटपेन प्रदान गरिएको प्रतिष्ठानका सदस्य तथा रेडियो काबेलीका स्टेशन म्यानेजर दिनेश लिङ्खिमले जानकारी दिनुभयो । फुङलिङ नगरपालिका वडा नं ७ का वडाध्यक्ष योगेन्द्र निरौलाको उपस्थितिमा प्रतिष्ठानले शैक्षिक सामग्री प्रदान गरेको हो । बिद्यालयका निमित्त प्रधानाध्यापक सुरेश निरौलाले सामाजिक व्यत्तित्व स्वर्गीय रणबहादुर लिङ्खिमको स्मृतिमा स्थापित प्रतिष्ठानले शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

बिक्रम् सम्वत २००४ सालमा जन्मनु भएका रणबहादुर २०२५ सालमा गोर्खा सैनिकमा भर्ती हुनु भएको थियो । २०४० सालमा सेवा निवृत्त भएका उहाँको २०५२ साल असोज ९ गते बुधबार ४९ बर्षकै अल्पायुमै निधन भएको थियो । रणबहादुरको निधनपछि श्रीमति सञ्चरानी लिङखिम तथा छोरीहरु परी,सुनिता र हाङसमा लिङखिम तथा उहाँका परिवार र आफन्त मिलेर २०७७ सालमा स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठान स्थापना गरी हरेक बर्षको असोज ९ गते बिभिन्न सहयोग प्रदान गर्ने सहितका कार्य भइरहेको छ ।

स्थापनाको पहिलो बर्ष प्रतिष्ठानले कोरोना बिरुद्ध अग्रभागमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोना प्रतिकार्यमा प्रयोग हुने स्वास्थ्य सामाग्री प्रदान गरेको थियो । दोस्रो बर्ष फरक क्षमता भएका बालबालिकालाई न्यानो कपडा प्रदान गरेको प्रतिष्ठानले तेस्रो बर्ष ताप्लेजुङमा रहेका नेत्रहिनहरुलाई सहयोग गरेको थियो । चौथो बर्ष युवाबर्ष मावि कैंजलेका बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । प्रतिष्ठानले सामाजिक योगदान सहितका सहयोगी अभियानमार्फत स्मृति दिवस मनाउने योजना बनाएको पनि बताएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts