|

ताप्लेजुङमा नागरिक उन्मुक्तिको तदर्थ समिति गठन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ३ । सुदुरपूर्वी जिल्ला ताप्लेजुङमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को तदर्थ समिति गठन गरिएको छ । नागरिक उन्मुक्तिको अशोक मादेन संयोजक रहेको ३९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
तदर्थ समितिको सदस्य सचिवमा गणेश चेन्जी माबो चयन हुनुभएको छ । सो पार्टीका केन्द्रीय उपाध्यक्ष इन्दिरा मेन्याङ्बोको उपस्थितिमा सम्पन्न जिल्ला भेलाले जिल्ला सम्मेलन आयोजक समितिका रुपमा तदर्थ समिति गठन भएको हो ।
यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको जिल्लास्तरमा अगुवा कार्यकर्ताका रुपमा रहनुभएका बलराम भारती, रमला फेम्बू, भीम लिङ्खिम, पूर्ण माङ्मु, निशा लिम्बूलगायत तदर्थ समिति सदस्यमा चयन हुनुभएको छ । यस्तै तदर्थ समितिमा अधिकांस यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध अनुहार अर्थात कार्यकर्ताहरु रहनुभएको छ ।
जिल्ला भेलामा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का लिम्बुवान प्रान्तीय समितिका अध्यक्ष भूपेन्द्र माबोको समेत उपस्थिति रहेको थियो । ताप्लेजुङमा तदर्थ समिति गठनसँगै नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को उदय भएको र अब सांगठनिक तथा पार्टीको गतिविधि सुरु भएको केन्द्रीय उपाध्यक्ष मेन्याङ्बोले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts