करिव अढाई महिना पछि सुकेटारमा नेपाल एअरलाइन्सले भर्यो उडान,अब सातामा ३ दिन उडान हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १८ । अढाई महिना पछि ताप्लेजुङको सुकेटार बिमानस्थलमा नेपाल एअरलाइन्सको बिमानले सोमवार उडान भरेको छ ।

सोमवार काठमाडौंबाट ६ जना यात्रु लिएर आएको बिमानले फर्कदा भने १ जना मात्र लिएर गएको नेपाल वायु सेवा निगम ताप्लेजुङका निमित्त स्टशेन इञ्चार्ज सचिन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार अब सुकेटार (ताप्लेजुङ)–काठमाडौं नियमित उडानका लागि सातामा ३ दिनको तालिका बनेको छ । अब प्रत्येक साता सोमवार,बिहीबार र शनिवार सुकेटार (ताप्लेजुङ)–काठमाडौं नियमित उडान हुनेगरी कार्यतालिका बनेको तिवारीले जानकारी दिनुभयो ।

सुकेटार बिमानस्थलमा गत जेठ २४ गते राखिएको नेपाल एअरलाइन्सको उडान मौसम प्रतिकुलताका कारण स्थगित भएयता फेरी उडान भएको थिएन । तिवारीका अनुसार काडमाडौंबाट ताप्लेजुङको भाडादर जनही ८ हजार ६ सय र ताप्लेजुङबाट काठमाडौंका लागि भाडादर जनही ८ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts