ताप्लेजुङको फाकुम्बामा आफ्नै छोराद्धारा आमाको हत्या

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन २९ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बामा आफ्नै छोराले आमाको हत्या गरेका छन् ।

३३ बर्षिय छोरा डिल्ल्लीकुमार लिम्बूले ६३ बर्षिया आमा धनमाया लिम्बूलाई धारिलो हतियार(बाम्फोक)प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयोे ।

अभियुक्त डिल्लीकुमारलाई धारिलो हतियार सहित नियन्त्रणमा लिएको समेत प्रहरीले बताएको छ । प्रहरी निरीक्षक कार्कीले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts