साविकको जिल्ला वाल कल्याण समितिको चल अचल सम्पत्ति अब सदरमुकाममा रहेको स्थानीय तहलाई हस्तान्तरण हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन २६ । साविकको जिल्ला वाल कल्याण समिति ताप्लेजुङको चल अचल सम्पत्ति फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

साविकको जिल्ला वाल कल्याण समितिको चल अचल सम्पत्ति सम्वन्धित जिल्लाको सदरमुकाममा रहेको स्थानीय तहलाई हस्तान्तरण गरी सोहि स्थानीय तहको संयोजकत्वमा जिल्ला वाल कल्याण व्यवस्थापन समिति गठन गर्ने प्रावधान अनुसार यस्तो निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६ साल असार १२ गते बसेको बैठकबाटै साविकको जिल्ला वाल कल्याण समितिको चल अचल सम्पत्ति सम्वन्धित जिल्लाको सदरमुकाममा रहेको स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो ।

सम्वन्धित जिल्लाको सदरमुकाममा रहेको स्थानीय तहका प्रमुखको संयोजकत्वमा गठन हुने वाल कल्याण व्यवस्थापन समितिमा जिल्ला भरका स्थानीय तहका प्रमुख वा स्थानीय तहको प्रतिनिधि पदेन सदस्य रहने प्रावधान रहेको छ । २०७५ साल असार ३२ गते तत्कालिन महिला तथा बालबालिका कार्यालयले साविकको जिल्ला वाल कल्याण समितिको चल अचल सम्पत्ति ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई जिम्मा बुझाएको थियो । सो चल अचल सम्पत्ति अब फुङलिङ नगरपालिकामा हस्तान्तरण हुने छ भने नगरप्रमुखको संयोजकत्वमा जिल्ला वाल कल्याण व्यवस्थापन समिति गठन हुने छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts