| |

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

अरुलाई पनि शेयर गरौ !

विराटनगर, साउन १६ । प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । सरकार गठन गर्न संविधानको धारा १६८ ९२० बमोजिम मंगलबार साँझ ५ बजेभित्र चार राजनीतिक दलको समर्थनसहित दाबी पेस गर्नुभएको थापालाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
थापालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का ४७ सांसदको समर्थन छ । कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू दुई गठबन्धनमा आबद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने सम्भावना नभएपछि सरकार बनाउनकै लागि सभामुखले पदबाट राजीनामा दिएर सरकार गठन गर्न सहज वातावरण तयार पार्नुभएको थियो ।
कोशी प्रदेश सभामा कायम रहेका ९३ सांसदमध्ये सरकार गठन गर्न ४७ सांसद आवश्यक पर्छ । तर कुनै पनि गठबन्धनले ४७ जना सांसदसहित बहुमत पुर्‍याउन नसकी संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरू सम्मिलित सरकार गठन गर्न समस्या भएपछि सभामुखले पदबाट राजीनामा गर्नुभएको थियो ।
सभामुख गौतम नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएकाले राजीनामा पछि उक्त गठबन्धनमा आवश्यक बहुमत पुगेको हो । प्रदेश सभामा कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एसको चार र जसपाको एक जना सांसद छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts