फुङलिङमा मोटरसाईकल दुर्घटना,घाइते युवकलाई थप उपचारका लागि ताप्लेजुङबाट रेफर गरियो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन ११ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ स्थित होटल प्यारिज अगाडि भएको मोटरसाईकल दुर्घटनामा परी मेरिङदेन गाउँपालिकाका एक युवा सख्त घाईते भएका छन् ।

घाईते मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्रा बस्ने ३९ जितेन केदेम लिम्बूलाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालबाट रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार घाइतेको टाउको,दाहिने खुट्टा र गालाको दाँयातर्फको भागमा चोट रहेको छ ।

प्रहरीले जितेनले चलाएको २३प५३८ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडक किनारमा रहेको सिमेन्टको पिलरमा ठोकिन गई दुर्घटना भएको बताएको छ । घाईते अवस्थामा जितेनलाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालमा लगेकोमा त्यहाँ प्राथमिक उपचार पछि थप उपचारका लागि रेफर गरिएको समेत प्रहरीले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts