मैवाखोलाद्धारा अस्थायी एकिकृत बस्ति बनाउने कार्य सुरु,स्वेच्छिक श्रमदानका लागि आवह्वान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोका कारण उच्च जोखिममा रहेका परिवारका लागि अस्थायी एकिकृत बस्ति बनाउने कार्यको सुरुआत गर्दै श्रम शिविरका लागि आवह्वान गरेको छ ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले मैवाखोला गाउँपालिका वडा नं ४ ओदक टोलका ६१ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी अस्थायी एकिकृत बस्ति बनाउने कार्य सुरु भएको बताउनुभयो । उहाँले सो एकिकृत बस्ति निर्माणका क्रममा स्वेच्छिक श्रम शिविरमा सहभागिताका लागि उनले आवह्वान समेत गर्नु भएको छ । गाउँपालिकाले पहिरोको उच्च जोखिममा रहेका ओदक क्षेत्रका घर परिवारलाई मैवाखोला गाउँपालिका वडा नं ३ स्थित अधुरो रहेको मदन भण्डारी रंगशालामा अस्थायी एकिकृत बस्ति बनाई स्थानान्तरण गर्ने तयारी गरेको छ । सोहि अनुरुप गाउँपालिकाले बस्ति बनाउने कार्य सुरु भएको भन्दै सो कार्यका क्रममा स्वेच्छिक जनश्रमदानका लागि सार्वजनिक आवह्वान गरेको हो ।

मनसुन समय कायम रहेको र ओदक क्षेत्रका घरहरु पहिरोका कारण उच्च जोखिममा रहेकोले तत्कालका लागि एकिकृत बस्ति बनाई सुरक्षित स्थानान्तरण गर्नुपर्ने सर्बपक्षिय निश्कर्षका आधारमा पालिकाले एकिकृत बस्ति बनाउने कार्य सुरु गरेको छ । पालिका अध्यक्ष वनेमले अस्थायी एकिकृत बस्तिलाई दीर्घकालिन रुपमा स्थानान्तरण गरी जोखिम प्रभावित घरपरिवारलाई थप स्थानान्तरण गरिने जानकारी दिनुभयो । गत असार २ गते राति आएको पहिरोका कारण ओदक क्षेत्रका घर तथा बस्तिहरु उच्च जोखिममा छन् । गाउँपालिकाले अस्थायी एकिकृत बस्तिका निर्माणमा स्थानीय कच्चा पदार्थको प्रयोग गर्ने भएको छ । पालिकाले बस्ति निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ र श्रमदान स्वेच्छिक रुपमा उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

 

Similar Posts