मैवाखोला गाउँपालिकाको ओदकका ६४ परिवारलाई सुरक्षित स्थानान्तरणको प्रयास सुरु,बस्ति निर्माण क्षेत्र सम्याउन थालियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३ । पहिरोको उच्च जोखिमा रहेका परिवारलाई एकिकृत बस्तिमा सुरक्षित स्थानान्तरणको अवधारणा ल्याएको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले निर्माण पूरा नभएको स्थानीय रंगशालामा अस्थायी एकिकृत बस्ति केन्द्र बनाउने भएको छ ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले मैवाखोला गाउँपालिका वडा नं ३ साँघुस्थित निमार्णाधिन मदन भण्डारी रंगशालामा अस्थायी एकिकृत बस्ति केन्द्र बनाउने गरी अभियान सुरु भएको जानकारी दिनुभयो । गाउँपालिकाले बुधवारबाट सो स्थानमा अस्थायी एकिकृत बस्ति निर्माणको प्रारम्भिक कार्य समेत थालेको छ ।‘अस्थायी एकिकृत बस्ति निर्माणको प्रारम्भिक कार्य सुरु भएको छ’गाउँपालिका अध्यक्ष वनेमले भन्नुभयो । उहाँले साउन ७ गतेबाट एकिकृत बस्ति निर्माणको कार्य प्रारम्भ हुने जानकारी दिनुुभयो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्दनका अनुसार कार्यपाालिकाको निर्णय बमोजिम मैवाखोला गाउँपालिका वडा नं ४ ओदकका ६४ पहिरो पीडित परिवारका लागि अस्थायी एकिकृत बस्ति निर्माणको कार्य प्रारम्भ भएको हो ।

तत्कालका लागि स्थानीय रुपमा पाइने बाँस सहितका कच्चा पदार्थको प्रयोग गरी अस्थायी टहरा निर्माण गरिने र त्यसपछि एकिकृत बस्तिका लागि दीर्घकालिन स्थानान्तरणको अवधारणा अनुसार एकिकृत बस्तिका लागि जग्गा र स्थायी संरचना निर्माण गरी जोखिम परिवारलाई सुरक्षित स्थानान्तरण गरिने मैवाखोला गाउँपालिकाले जनाएको छ । गत असार २ गते देखि ४ गते सम्म परेको अबिरल बर्षा पछि आएको पहिरोका कारण मैवाखोला गाउँपालिका वडा नं ४ को ओदकमा रहेको पूरै बस्ति उच्च जोखिममा परेको छ । मनसुन सक्रिय समय अझै बाँकी रहेको र कुनैपनि बेला थप जोखिम बढ्न सक्ने भयका कारण ओदक बस्तिलाई तत्काललाई अस्थायी र पछि स्थायी एकिकृत बस्ति स्थानान्तरणमार्फत सुरक्षित गर्ने गाउँपालिकाको योजना अनुसार अल्पकालिन र दीर्घकालिन एकिकृत बस्ति स्थानान्तरण अभियान सुरु भएको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts