फक्ताङ्लुङ गाउँपालिकाले भित्र्यायो २ थान एम्बुलेन्स,केहिदिनबाटै सेवा सुरु गर्ने तयारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सिँवा स्वास्थ्य चौकी र तापेथोक स्वास्थ्य चौकीमार्फत सेवा सञ्चालन हुने गरी दुईथान एम्बलेन्स पालिका भित्र्याएको छ । सानिमा मध्य तमोर जलबिद्युत आयोजना समेतको सहकार्यमा पालिकाले खरिद गरेका ति दुईथान एम्बुलेन्स पालिका भित्र्याईएको हो । सिँवा स्वास्थ्य चौकीमार्फत सञ्चालन हुने एम्बुलेन्सले वडा नं १ सावादिन,२ खेजेनिम,३ लिङखिम सम्मलाई सहज सेवा दिन सक्छ । पालिकाको केन्द्रमा रहेको तापेथोक स्वास्थ्य चौकीमार्फत सञ्चालन हुने एम्बलेन्सले पालिकाका बाँकी वडाहरुका सेवाग्राहीलाई सेवा दिन सक्ने ठानिएको छ ।

अहिले सम्म एम्बुलेन्स सेवा नभएको त्यहाँ दुईथान एम्बुलेन्स आएपछि अब पालिकाको गाडीलाई पालिकाको प्रशासनिक काममा प्रयोग गर्नेगरी यसअघि नै कार्यविधि बनिसकेको छ । यसअघि जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिकालाई २–२ थान एम्बुलेन्स नियमानुसार हुने राजश्व छुटमा खरिद गर्न सहमति दिएको थियो ।

पालिका अध्यक्ष राजन(मुक्ति)लावुङ लिम्बूले अध्यक्षले प्रयोग गर्ने सवारी र पाउने मासिक सुबिधा दुबै आफ्नो कार्यकाल भर उपयोग नगर्ने घोषणा गरिसक्नु भएको छ । गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले दुबै एम्बुलेन्सको सेवा केहिदिन भित्रै सुरु गर्ने जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँपालिका क्षेत्रफलका हिसावले नेपालकै तेस्रो ठूलो स्थानीय तह हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts