पाँचथरको हेंवाखोलामा बेलिब्रिज निर्माण पूरा,हल्का सवारी पास गराएर पुलको परीक्षण गरियो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३१ । गत असार २ गते राति आएको बाढीले बगाएको मेची राजमार्ग अन्र्तगत ताप्लेजुङ–पाँचथर अन्र्तगतको हेंवाखोलामा निर्माणाधिन बेलिबिज्र निर्माण पछि आइतवार अपरान्ह परीक्षण गरिएको छ ।

सुरुमा हल्का सवारी साधन र पिकअपहरु परीक्षणमा आधारमा पास गराईने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अपरान्ह ४ः१५ बजे बेलिब्रिजमार्फत हल्का तथा मझौला सवारी पास गराईएको छ ।

नेपाल प्रहरीले एक सूचना जारी गर्दै संकटयो यो घडीमा अतुलनिय सहयो गर्दै बेलिब्रिज निर्माण कार्य पूरा गराउन पहलकदमी लिने सबैप्रति आभार समेत प्रकट गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts