ताप्लेजुङको आठराई त्रिबेणीमा ‘सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २८ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम सुरु गरेको छ । पालिकाभरीका सुत्केरी महिलालाई वडास्तरमै भेटी पोषिलो खानेकुरा सहितको प्याकेट प्रदान गर्न थालिएको पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले बताउनुभयो ।

पोषण तथा सरसफाई कार्यक्रम अन्र्तगत यस्तो प्याकेट प्रदान गर्न थालिएको गाउँपालिकाले जनाएको छ । उपाध्उक्ष आङबुहाङका अनुसार वडा नं १ निघुरादिनबाट सुरु भएको सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम वडा नं ३ फुलवारी हुँदै वडा नं ४ र ५ चाँगे तथा वडा नं ३ हाङपाङमा केन्द्रित हुने छ । सुत्केरीलाई घीउ,अण्डा,चना,मटर सहितका पोषणयुक्त खानेकुराको प्याकेज यो कार्यक्रममार्फत बितरण गरिने छ ।

कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले सुत्केरी समयमा पोषणयुक्त खाना र आमा तथा बच्चाको स्याहार तथा सफाईका बिबिध आयाम बारे जानकारी गराउने तथा सुत्केरी समयमा आवश्यक पर्ने पोषणयुक्त खानाको प्याकेट समेत बितरण गर्नेगरी कार्यक्रम राखिएको जानकारी दिनुभयो । सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम आठराई त्रिबेणी गाउँपालिका,पाथीभरा याङ्वरक गाउँपालिका सहितका यहाँका प्राय सबै स्थानीय तहमा अभियानकै रुपमा सञ्चालनमा रहेको छ । आठराई त्रिबेणीले यो कार्यक्रमका लागि‘उपाध्यक्ष संग सुत्केरी आमा,स्वास्थ्य सरसफाई साथै पोषिलो खाना’भन्ने नारा तय गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts