फुङलिङ नगरपालिकाको नीति ः भेटनरी डाक्टर पढाउन छात्रबृत्तिको व्यवस्था,खुल्ला मञ्चका लागि जग्गा खरिद गरिने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ९ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले भेटनरी डाक्टर अध्यापन गराउन छाबृत्तिको व्यवस्था गर्ने भएको छ ।

चौधौं नगरसभा अधिबेशनमा शनिवार आगामी आर्थिक बर्ष २०८०।८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख अमिर मादेनले उक्त घोषणा गर्नु भएको हो । मादेनद्धारा प्रस्तुत नीति तथा कार्यक्रमलाई नगरसभाले अनुमोदन समेत गरेको छ । नगरपालिकाले करिव साढे ३ करोड रकम खर्चिएर जग्गा प्राप्ति गर्नेगरी एक खुल्ला मञ्च निर्माणको अवधारणा ल्याएको छ । त्यसका लागि नगरपालिकाले रकम समेत बिनियोजन गरेको छ । चालू आवको कार्यक्रममा समेत समावेश भएर पछि कार्यक्रम शंसोधन गरी रकमान्तर गरिएको नगर प्रहरी व्यवस्थापनको अवधारणालाई यसपटक समेत नगरपालिकाले निरन्तरता दिदैं बजेट छुट्याएको छ ।

‘नगरको इच्छा,बुहारीलाई शिक्षा’कार्यक्रम सुरु गरिने छ । नगरपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने बिद्यार्थीलाई दिईने छात्रबृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै जेहेन्दार दलित बिद्यार्थीलाई सूचना प्रविधि अध्ययनका लागि छाबृत्तिको व्यवस्था गर्ने घोषणा गरेको छ । नगरपालिकाले सुनौला हजारदिने आमाको पोषण कार्यक्रमलाई प्रभावकारी बनाउने,सयबर्ष माथिका जेष्ठ नागरिकको भलाईका लागि अक्षयकोष स्थापना गर्ने र छुवाछुतमुक्त नगरपालिका घोषणा कार्यक्रम अघि बढाउने समेत नीति ल्याएको छ । ‘बालमैत्री एकघर एकधारा’कार्यक्रम घोषणा गरेको नगरपालिकाले फलफुलका बिरुवा उत्पादनका लागि नर्सरी सञ्चालन गर्ने,जग्गा लिजमा लिई खेति प्रवद्र्धन सुरु गर्ने नीति समेत नगरपालिकाले लिएको छ ।

नगरपालिकाले योजना सञ्चालनमा उदार तथा कठोर दुबै नीति अख्तियार गर्ने भएको छ । योजनाको प्रभावकारिता र समयावधि समेतलाई आधार मानेर काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई दण्डको अवधारणा अघि सारिएको नगरप्रमुख मादेनद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । योजना सम्झौता गरी मनासिव कारण बिनासम्झौताको एक महिना सम्म पनि काम सुरु नगर्ने उपभोक्ता समितिलाई खारेज गर्ने नगरपालिकाले नीति लिएको जनाएको छ । २० लाख रुपैयाँ भन्दा माथि लगात भएका योजनालाई गुणस्तरीय र दिगो बनाउन प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि मात्रै भुक्तानी प्रकृयामा लैजाने नगरपालिकाको नीति रहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts