ताप्लेजुङको सिरिजङ्गामा सम्पन्न बक्तृत्वकलामा सिरिजङ्गा र हाजिरी जवाफमा फुङलिङ पहिलो,परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीले पाए ल्यापटप देखि नगद सम्म

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा आयोजक पालिकाको बर्चश्व कायम रहँदा हाजिरी जवाफमा भने फुङलिङ नगरपालिका प्रथम भएको छ ।

६ स्थानीय तहका २४ बिद्यालयका बिद्यार्थी सहभागी अन्तरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा गणेश मावि खेवाङ्की सुप्रिया दाहाल प्रथम हुनु भएको छ । उहाँले नगद २५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको सिरिजङ्गा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख बद्रीप्रसाद सिटौलाले जानकारी दिनुभयो । यस्तै सिरिजङ्गा सिनामकी प्रतिमा लिम्बू द्धितीय हुँदा सोहि गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजंघा माविकी सृष्टी राई तृतीय हुनुभयो । फक्ताङ्लुङ गाउँपालिका ईखाबुस्थित सेवालुङ माविका तेजहाङ लाबुङ लिम्बू सान्त्वना हुनुभयो । द्धितीय हुने प्रतिमाले नगद १५ हजार रुपैयाँ,तृतीय हुने सृष्टीले नगद १० हजार रुपैयाँ र सान्त्वना हुने तेजहाङले नगद ५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनु भएको छ ।

यस्तै ६ स्थानीय तह सहभागी हाजिरी जवाफ प्रतियोगितामा फुङलिङ नगरपालिकाको टोली प्रथम हुँदा सिरिजङ्गा गाउँपालिका दोस्रो र मेरिङदेन गाउँपालिका तेस्रो बने । प्रथम हुने फुङलिङ नगरपालिकाको टोलीले नगद १५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउँदा दोस्रो हुने सिरिजङ्गा गाउँपालिकाको टिमले नगद १० हजार र तेस्रो हुने मेरिङदेन गाउँपालिकाको टोलीले नगद ५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । गाउँपालिकाले २०७८ सालको एसईई तथा कक्षा ८ को परीक्षामा उत्कृष्ट जिपिए ल्याउने छात्राछात्रालाई सम्मान समेत गरेको छ ।

गाउँपालिकाका अनुसार पालिका भरीका सामुदायिक बिद्यालयहरुभित्रबाट एसईई परीक्षामा उत्कृष्ट जिपीए ल्याउने सिनाम माविका अनुष पोखरेल(३.७५जिपीए) र सोहि माविका उषा भट्टराई(३.४० जिपीए)लाई जनही एक–एक थान ल्यापटप सहित सम्मान गरिएको छ । यस्तै आधारभूत तह(कक्षा ८)तर्फ आम्बेगुदिनस्थित रजा माविका रिशन बस्नेत(३.५१जिपीए)लाई नगद १५ हजार रुपैयाँ र सिनामस्थित सिनाम माविकी झरना विश्वकर्मा(३.३८ जिपीए)लाई नगद १२ हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।

बिजेता तथा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई गाउँ शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान,उपाध्यक्ष डाक्टर चित्र मावो,शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेल,पाथीभरा याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौला,फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेल,नेपाल शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष महेन्द्रप्रकाश गौतम,मिक्वाखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवशरण अधिकारी र फक्ताङ्लुङ गाउँपालिकाका शिक्षा प्राविधिक लिलाराज कोईराला सहितले बधाई सहित पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

Similar Posts