|

जिल्ला सहकारी संघ ताप्लेजुङले सरकारलाई बुझायो १३ बुँदे मागपत्र

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १४ । जिल्ला सहकारी संघ ताप्लेजुङले आइतवार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत नेपाल सरकार समक्ष १३ बुँदे मागपत्र पेश गरेको छ । सरकारलाई मागपत्र पूरा गर्न १५ दिनको समयसीमा दिईएको छ ।

जिल्ला सहकारी संघका अध्यक्ष टामन सिग्देलको नेतृत्वमा पुगेको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईमार्फत भूमी व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय समक्ष मागपत्र पेश गरेको छ । माग पत्रमा कर्जा सूचना केन्द्र,कर्जा असुली न्यायधीकरण,कर्जा सुरक्षा कोष तत्काल स्थापना गर्नुपर्ने माग गरिएको छ ।

यस्तै बित्तीय सहकारीमा देखिएको तरलता हटाउन बजार अनुसार ब्याजदर निर्धारण गर्नुपर्ने,व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने गरी सहकारी ऐन शंसोधन गर्न बनेको बिधयेकको दफा तत्काल खारेज गर्नुपर्ने लगायतका माग गरिएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेडले बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजत्कवमा सहकारी समस्या समाधान सहजीकरण कार्यदल गठन गरी निरन्तर संघर्ष चलाउँदै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts