स्थापना दिवसको अवसरमा युवा संघद्धारा अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १ । राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा सोमवार युवा संघ नेपाल ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ ।

अस्पतालमा उपचारार्थ भर्ना भएका २१ जना बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थापना दिवसको अवसरमा फलफुल बितरण गरिएको युवा संघ नेपाल ताप्लेजुङका अध्यक्ष मनोज चोङवाङ लिम्बूले जानकारी दिनुभयो ।

सो अवसरमा युवा संघ नेपालका केन्द्रीय सदस्य गोपाल न्यौपाने,एमाले प्रदेश कमिटी सदस्यद्धय गोपाल थोप्रा र छत्रपति प्याकुरेल,एमाले जिल्ला उपसचिव तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन) र उपसचिव तथा जनवर्गिय संगठन मोर्चा संयोजक मणिशंकर पोमू सहितका नेताहरुको उपस्थिति रहेको युवा संघले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts