टिपताला नाका तत्काल सञ्चालनमा ल्याउन सांसद बोखिमको माग

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २५ । प्रतिनिधिसभा सदस्य लिलादेवी बोखिमले बन्द भएको नेपाल–तिब्बत सीमा नाका टिपाताला तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताउनु भएको छ ।

गृह जिल्ला ताप्लेजुङका सञ्चारकर्मीसंग सोमवार जिल्लाका समसामयिक बिषयमा छलफल गर्दै उहाँले नाका सञ्चालन नहुँदा सिमाक्षेत्रका बासिन्दाको दैनिकी प्रभावित बन्न थालेको जानकारी दिनुभयो । टिपाताला नेपाल र चीनको स्वसासित क्षेत्र तिब्बतको रिउतर्फको सीमा क्षेत्र हो । कोरोना संक्रमणका कारण बन्द यो नाका अझै सञ्चालनमा आउन सकेको छैन । ताप्लेजङको उत्तरी सीमावर्ती क्षेत्रका बासिन्दाले आफ्नो उत्पादनको बिक्री र उपभोग्य बस्तुको आयात गर्न यहिँ नाका हुँदै तिब्बतको रिउ बजार सम्म पुग्नु पर्छ । यस्तै रिउका बासिन्दाले नेपाली सिमावर्ती क्षेत्रका बासिन्दाको उत्पादन खरिद गर्ने गरेका छन् । नेपाली सिमाक्षेत्रका बासिन्दाको दैनिक उपभोग्य बस्तु खरिद बिक्रीको केन्द्र नै रिउ बजार भएपनि यो नाका बन्द हुँदा सो क्षेत्रका बासिन्दाको दैनिकी महंगिएको छ । सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य बस्तु खरिद गर्नुपर्दा ढुवानीका हिसावले रिउ बजार भन्दा निकै महंगो पर्न जाने स्थानीयले बताउँदै आएका छन् ।

सांसद बोखिमलाई यहाँका सञ्चारकर्मीले त्रिदेशीय सडक सञ्जाल स्थापित गर्ने क्रममा रहेको उत्तर–दक्षिण ओलाङ्चुङगोला सडकको ट्रयाक ओपन गर्ने कार्यमा देखिएको समस्या दर्शाएका छन् । एक किलोमिटर भन्दा कम भाग रहेको यो सडकको ट्रयाक ओपनका लागि चट्टानले अवरोध गरेको छ । यो भागको चट्टान फोर्न बिष्फोटक पदार्थको अभाव भएको निर्माण कम्पनीले बताई रहेको छ । यस्तै पाथीभरा क्षेत्रको सडक निर्माणको प्रगतिबारे सम्वन्धित निर्माण, तमोर करिडोर निर्माण,बिद्युतीकरणका प्रकृयाका बिभिन्न समस्याबारे यहाँबाट प्रतिनिधित्व गर्ने सांसदहरुको संयुक्त टोलीले बृहत्त र बस्तुगत छलफल गर्न सुझाएका छन् । टिपताला नाका तत्काल सञ्चालन गर्नुपर्ने भन्दै प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले यसअघि संसदमै पनि कुरा उठाउनु भएको थियो भने सरकारलाई ध्यानाकर्षण पत्र समेत दिनु भएको थियो । फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटी यो नाका तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts