शङ्कराचार्यको जन्मजयन्तीको अवसरमा फलफुल वितरण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख ११ । नेपाल दशनामी समाज ताप्लेजुङले सोमवार ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गर्दै आद्य गुरु शङ्कराचार्यको १ हजार २ सय ३५ औँ जन्मजयन्ती मनाएको छ ।

उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना सहित बिरामीलाई फलफुल वितरण गरी जन्मोत्सव मनाएको दशनामी समाज ताप्लेजुङका अध्यक्ष देउनारायण पुरीले जानकारी दिनुभयो ।

फुङलिङ नगरप्रमुख अमिर मादेनले शङ्कराचार्यको योगदानको प्रशंसा गर्दै शङ्कराचार्यको जन्मजयन्तीको अवसरमा बिरामीलाई फलफुल बितरण गरेर दशनामी समाजले पुण्यप्राप्तिको काम गरेको बताउनुभयो ।

कार्यक्रममा समाजका पूर्व जिल्ला अध्यक्ष युवराज गिरीले नेपालमा बसोबास गर्ने दशनामीलाई अल्पसंख्यक समुदायको रुपमा सूचिकृत गर्न माग गर्नु भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts