ताप्लेजुङ प्रशासनको उर्दी ः पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति बेगर पात्रो प्रकाशन नगर

ताप्लेजुङ,बैशाख ८ । पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई पात्रो(भित्ते र गोजी पात्रो समेत)प्रकाशन नगर्न तथा स्वीकृति बेगर प्रकाशन भएको भए प्रयोगमा नल्याई नष्ट गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले व्यक्ति,संघसंस्था तथा समुदायहरुले पात्रो प्रकाशनपूर्व नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनिवार्य स्वीकृति लिनुपर्ने बताउनुभयो । पात्रोमा सार्वजनिक बिदा उल्लेख गर्दा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसारको बिदा सूची उल्लेख गरी पात्रो प्रकाशन गर्न समेत उहाँले आग्रह गर्नु भएको छ ।

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएको र नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसारको बिदा सूची उल्लेख नभएको पात्रो प्रयोगमा नल्याई नष्ट गर्न समेत प्रकाशन कार्यालयले आग्रह गरेको छ । रीतपूर्वकको प्रकृया पूरा नगरी पात्रो प्रकाशन भएको भेटिएमा प्रचलित कानुन अनुसार कारवाही हुने समेत प्रशासन कार्यालयले जनाएको छ ।

Similar Posts