| |

दलित मुक्तिमोर्चाको ताप्लेजुङ संयोजकमा कालिकोटे चयन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ४ । नेपाल दलित मुक्तिमोर्चा ताप्लेजुङको संयोजकमा हर्कबहादुर कालिकोटे चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा आइतबार सम्पन्न मोर्चाको पाँचौं जिल्ला भेलाले कालिकोटेको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
जिल्ला समितिको सविचमा भने कृष्ण लुहार चयन हुनुभएको छ । जिल्ला भेला मोर्चाका केन्द्रीय कार्यालय सदस्य प्रतापप्रकाश ल्वागुन, केन्द्रीय सदस्य गंगाराम शंखर, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुडाक्षेत्री लगायतको उपस्थितिमा सम्पन्न भएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts