ताप्लेजुङमा २० प्रतिशत हाराहारी परिवारको मात्र महिलाका नाममा घरजग्गाको स्वामित्व

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १८ । ताप्लेजुङमा महिलाको नाममा करिव २० प्रतिशत मात्र घरजग्गाको स्वामित्व भएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिबेदनले पुरुषका नाममा ८० प्रतिशत बढी घरजग्गाको स्वामित्व रहेको देखाएको छ । प्रतिबेदन अनुसार २७ हजार ७ सय ७६ घरपरिवारमध्ये २२ हजार ३ सय ६९ घरपरिवारको घर र जग्गा दुबैको स्वामित्व महिलाका नाममा नरहेको देखाएको हो ।

महिलाका नाममा घरको मात्र स्वामित्व रहेको संख्या २ सय ४० घरपरिवार देखिएको छ भने २ हजार ४ सय ११ परिवारमा जग्गाको मात्र स्वामित्व महिलाका नाममा देखिएको छ । घर र जग्गा दुबै महिलाको स्वामित्वमा रहेको परिवारको संख्या २ हजार २ सय ७७ देखिएको छ ।

प्रतिबेदन अनुसार कूल घर परिवारमध्ये २४ हजार ७ सय ३२ घरपरिवारको आफ्नै घर रहेको छ । २ हजार ५ सय ४१ परिवार घरबहाल(भाडा)मा बस्ने देखिएको छ । १ सय १८ घर परिवारभने संस्थागत रुपमा बस्दै आएको देखिएको छ । संस्थागत भन्नाले कार्यालयले लिएको भाडाको घरमा बस्नेको संख्या हो ।
६ हजार बढी मानिस बिदेशमा
जनगणनाको प्रतिबेदन अनुसार ताप्लेजुङका करिव ६ हजार २ सय ३७ जना अक्सर बिदेशमा बस्ने संख्या देखिएको छ । कम्तिमा एकजना बिदेशमा हुने घर परिवारको संख्या ४ हजार ८ सय ४७ देखिएको छ । बिदेशमा रहनेमा ५ हजार ३ सय ७४ पुरुष र ८ सय ४३ जना महिला देखिएको छ ।
शारिरिक रुपमा अशक्त मानिसको संख्या तीन हजार
जनगणनाको प्रतिबेदन अनुसार ताप्लेजुङमा २ हजार ९ सय ९९ जना मानिस शारिरिक रुपमा अशक्त(अपाङ्गता)भएका मानिस रहेका छन् । प्रतिबेदन अनुसार १ हजार ६ सय ९ जना पुरुष र १ हजार ३ सय ९० जना महिला शारिरिक रुपमा अशक्त देखिएका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts