|

मिक्वाखोला अध्यक्ष कप भलिबलमा पापुङ र फुटबल विधातर्फ लिबाङलाई उपाधि

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ४ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सम्पन्न अध्यक्ष कप भलिबलको उपाधि पापुङ र फुटबल प्रतियोगिताको उपाधि लिबाङले जितेको छ । शनिबार भएको फाइनल खेलमा मिक्वाखोला गाउँपालिका–५ पापुङ र वडा नं. ३ लिबाङले अध्यक्ष कपको उपाधि जितेका हुन् ।
अन्तर वडास्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगितामा भलिबलतर्फ लिबाङलाई २–१ को सेटमा पराजित गर्दै पापुङले उपाधि चुमेको हो । यस्तै फुटबलतर्फ लिबाङले ट्राइबेकरमा ४–२ गोलअन्तरले वडा ४ साँबालाई पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितसँगै भलिबल बिजेता पापुङले ४० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । फुटबलतर्फ भने बिजेत लिबाङले ५० हजार रुपियाँ राशीको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भलिबल र फुटबलतर्फ उपविजेता बनेका लिबाङ र साँबाले समान ३० हजार रुपियाँका दरले नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
अध्यक्ष कपको उपाधि विजेतालाई मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु शेर्पाले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार प्रतियोगितामा मिक्वाखोलाका पाँचवटै वडाले सहभागिता जनाएका थिए । प्रतियोगिता बिहीबार सुरु भई शनिबार सम्पन्न भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts